PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रोकियो चितवनको नयाँ किरण माविको मतदान



पहिलोपोस्ट

रोकियो चितवनको नयाँ किरण माविको मतदान

काठमाडौं : प्रतिनिधि सभाको उप निर्वाचन अन्तर्गत चितवन-२ को नयाँ किरण माध्यामिक विद्यालयको मतदान स्थगित भएको छ। मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले उक्त स्थानमा राजनीतिक दलका कार्यकर्ताबिच धक्कामुक्की भएपछि केही बेरका लागि मतदान स्थगित भएको जानकारी दिए।

'केही समयका लागि स्थगित गरेका छौं। फेरि मतदान गराउने प्रयास भइरहेको छ,' न्यौपानेले भने। रास्वपाका सभापति तथा उक्त क्षेत्रका उम्मेदवार रवि लामिछाने पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। अरु दलका नेता कार्यकर्ताले नाराबाजी आचारसंहिता विपरित भएकोले मतदान क्षेत्रमा नगर्न भनेपछि केहिबेर स्थिति असामान्य बन्न पुगेको हो। उक्त क्षेत्रमा धकेलाधकेल भएपछि लामिछाने फर्किएर फेसबुक लाइभमा आएका थिए।

रवि लामिछानेले गरे मौन अवधिको उल्लंघन : फेसबुकमा एकपछि अर्को लाइभ, के - के भने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell