PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

गोवा पुगे बिलावल भुट्टो, १२ वर्षपछि भारतमा पाइला राखे पाकिस्तानी विदेशमन्त्रीले



पहिलोपोस्ट

गोवा पुगे बिलावल भुट्टो, १२ वर्षपछि भारतमा पाइला राखे पाकिस्तानी विदेशमन्त्रीले
Photo : MOFA, PAKISTAN

भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो गोवा पुगेका छन्। पाकिस्तान एयर फोर्सको विशेष विमानबाट उनी गोवा पुगेका हुन्।

संघाइ सहयोग संगठनको बैठक (एससीओ) को विदेश मन्त्रीस्तरको बैठकका लागि उनी भारत पुगेका हुन्।

गोवा पुगेपछि पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले एससीओको विदेश मन्त्रीस्तरीय बैठक सफल हुनेमा आफू विश्वस्त भएको बताएका छन्।

दुई देशबिचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा वर्षौपछि पाकिस्तानी मन्त्री भारत पुगेका हुन्। पछिल्लो पटक सन् २०११ मा पाकिस्तानकी तत्कालीन विदेशमन्त्री हिना रब्बानी खानले भारत भ्रमण गरेकी थिइन्। त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्री भारत आएका थिएनन्। यस्तै, सन् २०१६ मा पाकिस्तानका विदेश मामिला सल्लाहकार सरताज अजिले भारत भ्रमण गरेका थिए। त्यसयता पाकिस्तानबाट कुनै पनि उच्च अधिकारी भारत आएका थिएनन्।

सम्बन्धित समाचार : १२ वर्षपछि भारतमा पाइला राख्दै पाकिस्तानी विदेशमन्त्री, जयशंकर र भुट्टोको भेटमा सबैको नजर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell