PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

शरणार्थी प्रकरणमा मुछिएपछि खाणको वक्तव्य : संलग्न नभएको घटनामा जोडियो



पहिलोपोस्ट

शरणार्थी प्रकरणमा मुछिएपछि खाणको वक्तव्य : संलग्न नभएको घटनामा जोडियो
फाइल फोटो।

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणले वक्तव्य निकालेका छन्। वक्तव्यमार्फत खाणले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न गरेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रशित नगरी दिनुहुन अनुरोध छ।’

गृह प्रशासनले थालेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा खाण पनि मुछिएका छन्। गत बुधवार प्रहरीले पक्राउ गरेका सरकारका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा पूर्व गृहमन्त्री खाणको नाम पनि अगाडि आएको हो।


'जोगिने दौडधुपमा रहेका' कांग्रेस नेता बालकृष्ण खाण पनि तानिँदै, पक्राउ परेका सचिव पाण्डेले वयानमा लिए नाम


गृहमन्त्री भएपछि पाण्डेलाई खाणले गृह सचिव बनाएका थिए। गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ।

चार दिनदेखि प्रहरीको हिरासतमा रहेका पाण्डेले प्रहरीसँगको बयानको क्रममा पूर्व गृहमन्त्रीको नाम लिएका हुन्। बयान दिएको आधारमा प्रहरीले जोसुकैसँग पनि सोधपुछ गर्न सक्छ।

थप प्रमाण भेटिएको आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ समेत गर्न सक्छ। खाणको केसमा पनि प्रहरीले थप प्रमाण जुटाउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell