PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नक्कली शरणार्थीको मुद्दा पेचिलो बनेकै बिच गृह सचिव फेरिए



पहिलोपोस्ट

नक्कली शरणार्थीको मुद्दा पेचिलो बनेकै बिच गृह सचिव फेरिए

काठमाडौं : सरकारले गृह प्रशासनको नेतृत्व फेरबदल गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेरेको हो। नक्कली भुटानी शरणार्थीको मुद्दा पेचिलो बनेको अवस्थामा गृह प्रशासनको नेतृत्व फेरिएको हो।

गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरिएको छ। त्यस्तै, गृह मन्त्रालयका सचिव विनोद सिंहलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

सिंह सात महिना अगाडिमात्र गृह सचिवमा सरुवा भएका थिए। त्यसअघि गृह मन्त्रालयमा टेकनारायण पाण्डे गृह सचिव थिए। पाण्डे अहिले भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन्। उनैक बयानको आधारमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको हो।

भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परिसकेका छन्।

सम्बन्धित समाचार : कांग्रेस नेता बालकृष्ण खाण पक्राउ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell