
चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य एसियाली देशहरुले आफ्नो आन्तिरक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्नुपर्ने बताएका छन्। छियाङमा भएको मध्य एसियाली देशहरुको सम्मेलनका क्रममा सीले अमेरिकी र पश्चिमा देशहरुलाई इंगित गर्दै उनीहरुको हस्तक्षेप रोक्न सबै एक हुनुपर्ने बताएका हुन्।
जापानमा जी७ राष्ट्रका नेताहरु भेला भइरहँदा सीको यस्तो अभिव्यक्ति आएको हो। हिरोसिमामा हुँदै गरेको जी७ राष्ट्रको बैठकमा अमेरिकाले खुला र स्वतन्त्र ‘इन्डो प्यासेसिक’ नीतिलाई एजेन्डा बनाउँदैछ। चीनसँग अमेरिकाको सम्बन्ध राम्रो नभइरहेको बेला अमेरिकाले यो एजेन्डालाई उठाउन लागेको हो।
अमेरिकाले जापानमा विश्वका ठूला अर्थतन्त्र भएका राष्ट्रका नेताहरु भेला भएकै बेला चीनविरुद्ध गठबन्धन बनाउने प्रयास गरिरहँदा चीनमा मध्य एसियाली नेताहरुको भेला भएको हो।
सम्बन्धित समाचार : हिरोसिमामा जी७ बैठक : रसिया-युक्रेन युद्ध र 'इन्डो प्यासेफिक' लाई खुला र स्वतन्त्र बनाउने प्रमुख एजेन्डा
चीनमा भइरहेको बैठकमा काजकिस्तान, कीर्तिस्तान, ताजकिस्तान, तर्किमिन्स्तान र उजबेकिस्तानका नेताहरु सहभागी छन्। सीले यी देशहरुको आर्थिक अवस्था सुधार गर्न चीनले सक्दो सहयोग गर्ने पनि बताएका छन्।
‘मध्य एसियाली देशहरलाई उनीहरूको कानून लागू गर्न, सुरक्षा र रक्षा क्षमता निर्माणमा सुधार गर्न चीन सहयोग गर्ने तयार छ,’ सीले भने।