PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

मुसा ट्रयापमा परेपछि यात्रुलाई बुद्ध एयरको ह्वीप : झोला - लगेज राम्ररी बन्द गरेरमात्र ल्याउनु



पहिलोपोस्ट

मुसा ट्रयापमा परेपछि यात्रुलाई बुद्ध एयरको ह्वीप : झोला - लगेज राम्ररी बन्द गरेरमात्र ल्याउनु

काठमाडौं : शनिवार जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा देखिएको मुसा आइतवार ट्रयापमा परेको छ। जहाजमा मुसा देखिएपछि शनिवार उक्त उडान स्थगित गरिएको थियो। सोही विमान आइतवार काठमाडौं ल्याएको बुद्ध एयरले जनाएको छ। 

विमानभित्रको मुसा ट्रयापमा परेपछि विमान काठमाडौं उतारिएको कम्पनीले जनायो। 'हिजो जनकपुरमा मुसा देखिएपछि, रोकिएका जहाज आज बिहान ट्रयापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण जाँच गरि २-३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो,' बुद्ध एयरले आइतबार सूचना जारी गर्दै भनेको छ।

उक्त जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोबाट उडान थालिने तयारी गरेको छ। 'आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ। जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट पुनः व्यवसायिक उडान थालिनेछ,' बुद्ध एयरले भनेको छ। बुद्धले यात्रुलाई आफ्नो लगेज राम्ररी बन्द गरी ल्याउनसमेत आग्रह गरेको छ। 'यात्रुवर्गलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरि ल्याउन हुन बुद्ध एयर हार्दिक अनुरोध गर्दछ,' बुद्ध एयरले भनेको छ।

जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको बेलामा यात्रुले मुसा जहाज निरीक्षणका लागि राखिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell