PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

पोखरा महानगरले भत्कायो सिमसार क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएको प्लटिङ



पहिलोपोस्ट

पोखरा महानगरले भत्कायो सिमसार क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएको प्लटिङ
तस्विर : पोखरा महानगर

पोखरा : पोखरा महानगरले सिमसार क्षेत्रमा अनधिकृत रुपमा निमार्ण भएको प्लटिङ भत्काएको छ। महानगरले मंगलबार पोखरा २३ चंखपुर क्षेत्रमा निर्माण गरिएको प्लटिङ भत्काएको हो।

रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन। कृषिका लागि भने रोकावट नभएकाले केही वर्षयता फेवा फाँटमा धान लगाउने किसान बढेका थिए। तर, त्यही फेवा फाँटमा दुई वर्षदेखि धमाधम प्लटिङ भइरहेको थियो। यसबारेमा समाचार प्रकाशन भए पछि महानगरले डोजर चलाएर प्लटिङ गरेको क्षेत्र भत्काउन थालेको हो।

सम्बन्धित समाचार : महानगरकै आडमा पुरिँदै फेवा क्षेत्रको सिमसारः काम रोक्न अदालत आदेश गर्छ तर हुँदैन कार्यान्वयन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell