PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

‘वानएक्स-बेट’ प्रकरण : कलाकार ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ, विज्ञापन खेल्ने अन्य कलाकार पनि प्रहरीको निगरानीमा



पहिलोपोस्ट

‘वानएक्स-बेट’ प्रकरण : कलाकार ‘बल्छी धुर्बे’सहित ८ जना पक्राउ, विज्ञापन खेल्ने अन्य कलाकार पनि प्रहरीको निगरानीमा

काठमाडौं : कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले सोधपुछको नियन्त्रणमा लिएको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बोलाएको हो।

‘वानएक्स-बेट’मा विज्ञापन गरेको आधारमा उनलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो। त्यस्तै वानएक्स बेटको विज्ञापन गर्ने अन्य कलाकार माथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको अनुमति बिना नै फोटो राखेर विज्ञापन समेत गर्ने गरेका छन्। जसको कारण कलाकारले दुख पाउने गरेका छन्।

बुधवार मात्र प्रहरीले सट्टेबाजी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरुले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो।

जेलबाट छुटेको एक वर्षमै ६४ करोडको कारोबार ! तीस वर्षे दिनेशको क्रिप्टो र 'वान एक्स' कनेक्सन कथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell