PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

ताप्लेजुङ पहिरो : बेपत्ता केशरको शव भेटियो



पहिलोपोस्ट

ताप्लेजुङ पहिरो : बेपत्ता केशरको शव भेटियो
पहिरोले क्षति भएको ओखलढुङ्गाको मोलुङ गाउँपालिका ३ नम्बर वडा कार्यालय भवन। तस्बिर: पूर्णप्रसाद न्यौपाने/रासस

काठमाडौं : ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको पनि निधन भएको छ।

स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ।

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए।

मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell