PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'डेथ थ्रेट' पछि आदिपुरुषका पटकथा लेखकलाई मुम्बई प्रहरीले दियो सुरक्षा, नेपालबारे भनेका थिए भ्रामक कुरा



पहिलोपोस्ट

'डेथ थ्रेट' पछि आदिपुरुषका पटकथा लेखकलाई मुम्बई प्रहरीले दियो सुरक्षा, नेपालबारे भनेका थिए भ्रामक कुरा

मुम्बई प्रहरीले आदिपुरुषका पटकथा लेखक मनोज मुन्तशिरलाई दियो मुम्बई प्रहरीले सुरक्षा प्रदान गरेको छ। आदिपुरुष फिल्मका संवादलाई लिएर उनको आलोचना भइरहेको छ। ज्यान मार्ने धम्की मिलेपछि आदिपुरुषका संवाद लेखकसमेत रहेका उनले प्रहरीसँग सुरक्षा मागेका थिए।

प्रहरीले उनले पाएको 'डेथ थ्रेट'बारे अनुसन्धान भइरहेको जनाएको छ। भारतमा कट्टरपन्थी हिन्दुवादी समूहले आदिपुरुषको विरोध गर्दै आइरहेका छन्। विरोध पछि निर्माण टिमले फिल्मका केही संवाद संशोधन गर्ने घोषणासमेत गरिसकेका छन्।

नेपालमा समेत आदिपुरुषको संवादलाई लिएर विरोध भइरहेको छ। मनोजले नेपाल भारतबाट छुटिएको र भारत र नेपालको राष्ट्रियता एउटै रहेको झुटो तर्कसमेत गरेका थिए। 

हाल यो फिल्मको प्रदर्शन नेपालभर रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell