PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विद्रोही नेतालाई 'न्यायमा ल्याउने' पुटिनको वाचा, प्रिगोजिनले पनि भने : न्यायका लागि मस्को तिर मार्च गर्‍यौं



पहिलोपोस्ट

विद्रोही नेतालाई 'न्यायमा ल्याउने' पुटिनको वाचा, प्रिगोजिनले पनि भने : न्यायका लागि मस्को तिर मार्च गर्‍यौं
Photo : CNN

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले गत शनिवार वाग्नर सेनाको विद्रोहको नेतृत्व गरेका नेतामाथि 'रसियालाई रक्तपातपूर्ण द्वन्द्वमा निसासिएको हेर्न' चाहेको आरोप लगाएका छन्।

पुटिनले विद्रोह गर्नेहरुलाई 'न्यायमा ल्याउने' वाचासमेत गरेका छन्।

येभ्गेनी प्रिगोजिन नेतृत्वको निजी सेनाले गत शनिवार मस्कोमाथि कब्जा गर्ने प्रयास गरेको थियो। २५ हजार सेनाका साथ प्रिगोजिन पुटिनको शासन ढाल्न अघि बढेका थिए। तर, बेलारुससँगको छलफल पछि उनी आफ्नो कदमबाट पछि हटेका थिए। 

पढ्नुस : वाग्‍नरको विद्रोहले के साँच्चै कमजोर देखिएका हुन् पुटिन? सबैतिरको त्रास : अझै बर्बर त बन्ने होइनन्?

बुधवारमात्रै  प्रिगोजिनले आफ्नो त्यो कदम पुटिनको शासनको विरुद्ध नरहेको बताएका थिए। उनले सो मार्च 'न्यायका लागि' गरेको बताएका थिए।

'हामी आक्रामक थिएनौं। तर हामीमाथि नै आक्रमण भयो,' उनले भनेका छन्। रसियाली सेनाको रगत बग्न नदिन आफू पछि हटेको उनको दाबी थियो।

'मार्चको उद्देश्य वाग्नरहरुको विनाश रोक्नु थियो। र, अधिकारीहरुलाई (रसियाली) उनीहरुले गरेका कार्यहरुमा भएका त्रुटिहरुप्रति जवाफदेही बनाउनु थियो,' उनले भने।

यता पुटिनले भने बेलारुससँगको सहमतिभन्दा फरक चेतावनी दिएका छन्। बेलारुससँगको सहमति अनुसार प्रिगोजिन बेलारुस निर्वासनमा हिँडेका थिए। साथै, वाग्नर सेना मस्को प्रवेश गर्ने बाटैबाट फर्किएका थिए। र, उनीहरु विरुद्ध कुनै कारवाही नहुने सहमति भएको थियो।

तर, पुटिनले भने विद्रोह गर्नेहरुलाई 'न्यायमा ल्याउने' भन्दै प्रिगोजिनलाई जवाफ फर्काएका छन्।  

यद्यपि, पुटिनले नियमित वाग्नर सेनालाई 'देशभक्त' भन्दै उनीलाई सेनामा भर्ती हुन, बेलारुस जान वा घर फर्कन अनुमति दिइने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell