PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसद भवन पुगेका योगेशले सोधे : प्रधानमन्त्रीले जवाफ तयार गर्न कता सोध्नुपर्ने हो?



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसद भवन पुगेका योगेशले सोधे : प्रधानमन्त्रीले जवाफ तयार गर्न कता सोध्नुपर्ने हो?

काठमाडौं : प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बोलाइएको बैठक स्थगित भएको छ। सूचना टाँसेर बैठक असार २५ गते दिउँसो ३ बजे बोलाइएको जानकारी दिइएको हो।

प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको थियो।

आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी बैठकले अवरोध हटाउने सहमति भएको थियो। बैठकमा प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति भएको थियो।

आजकै बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो उक्त अभिव्यक्तिबारे जवाफ दिने भनिएको थियो। प्रचण्डले जवाफ दिने भएपछि एमालेका अध्यक्ष ओली राजीनामाको मागबाट पछि हटेका हुन्।

बैठकमा सहभागी हुन सांसदहरु संसद भवन पुगे पनि बैठक भने भोलिका लागि सरेको हो।

बैठक सरेपछि नेकपा एमालेका सांसद योगेश भट्टराईले आफू प्रधानमन्त्रीको जवाफ सुन्न संसद भवन पुगेको तर के कारणले बैठक भोलिसम्मलाई सारियो भन्दै प्रश्न गरेका छन्। उनले जवाफ तयार गर्न कता सोध्नुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell