PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

संशोधनबिनै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारीः के गर्ला कांग्रेसले?



बीपी साह

संशोधनबिनै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारीः के गर्ला कांग्रेसले?

काठमाडौं: सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संशोधनविनै पारित गर्ने तयारी गरेको छ।

सोमवार बस्ने प्रतिनिधि सभा बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची तय भएको बताइएको छ।

पुस २५ मा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको थियो। त्यसपछि पुस २९ गेत पारितका लागि संसदमा गएको हो।

पढ्नुस् राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

पढ्नुस्: चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश


चिकित्सा शिक्षा क्षेत्रमा सुधारको अभियानमा लागेका डा.गोविन्द केसीसँग भएको सम्झौता विपरीत विधेयक ल्याइएको भन्दै डा.केसी आमरण अनशनमा छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने चिकित्सा विधेयकको विरोध गर्दै आएको छ। डा.केसीसँगको सम्झौता बमोजिम विधेयक आउनु पर्ने अडान कांग्रेसको छ।

तर सरकारले डा.केसीको अनशन र कांग्रेसको विरोधलाई नजरअन्दाज गर्दै विधेयक पारित गर्ने तयारी गरेको छ।

सोमवारको प्रतिनिधि सभा बैठकमा विधेयक उपर छलफलपछि पारित गर्ने प्रस्ताव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गर्नेछ।

प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक हिजो–आज नभएको बताउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने,‘यसअघि नै कार्यव्यवस्थामा छलफल भएको थियो। त्यस बेला पनि हामीले डा.केसीसँगको सहमति पालना हुनु पर्ने अडान लिएका थियौं। तर अहिले छलफल भएको छैन।’

खाणले विधेयकबारे पहिलोपोस्टलाई भने,‘हामीले सहमति पालना गर्नु पर्छ भनेका छौं। छलफलबाटै अगाडि बढ्नु पर्ने भनेका छौं।’

संसदमा प्रस्तुत भएको विधेयक जस्ताको त्यस्तै पारित गरिए कांग्रेसले के गर्छ त? जवाफमा खाणले भने,‘पार्टीभित्र छलफल गर्छौ। विरोध गर्ने कि नगर्ने भन्ने अहिले निर्णय भएको छैन।’

खाणले संसदीय दलको बैठक नबोलाइएको जानकारी दिँदै औपचारिक–अनौपचारिक छलफल भइरहेको बताए।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सत्तारुढ दलले बहुमतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेसका सांसद गगन थापाले यस विधेयकको चर्को विरोध गर्दै आएको छ। थापाले बिहिवार पत्रकार सम्मेलन गरी केसीको माग पुरा नभएको उल्लेख गरेका थिए।

 

सम्बन्धित समाचार

डा केसीको ९५% माग पुरा, तर मुटुबिनाको शरीरजस्तो, मुटुबिना मान्छे कसरी बाँच्ने? : गगन थापा

डा केसीको २७ दिने अनशन भयो 'फ्लप', सम्झौताका मूख्य तीन बुँदामै तोडमोड

चिकित्सा शिक्षा विधेयक तोडमोड गर्न किन बाध्य भए सांसदहरू? यस्तो छ भित्री कथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell