PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीले 'गुठी विधेयक सच्याउँछु' भनेपछि गुठियारको प्रतिक्रिया, 'बोलेर आन्दोलन रोकिँदैन, आधिकारिक धारणा आउनु पर्‍यो'



सहयोग रञ्जित

प्रधानमन्त्रीले 'गुठी विधेयक सच्याउँछु' भनेपछि गुठियारको प्रतिक्रिया, 'बोलेर आन्दोलन रोकिँदैन, आधिकारिक धारणा आउनु पर्‍यो'

काठमाडौं: सरकारले गुठियारको अधिकार समाप्त गर्दै प्रावधानसहित संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा गत आइतवार गुठियारहरु काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगे। तर, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनलाई थप बल पुग्यो।

काठमाडौंमा दैनिक जसो र्‍याली र मसाल जुलुस भए। सरकारको दमनका कारण जनता सडकमा आउनु परेको र सबैले दु:ख पाएको भन्दै गुठीयारहरुले 'सरकार तेरो पाराले, दु:ख पायो साराले' नारा लगाउँदै हिँडे। त्यसबेला  प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणमा थिए। गुठियारहरुले युरोपबाटै ओलीले समस्या समाधान गर्न पहल नगरेकोमा दु:ख जनाउँदै आएका थिए।

एक हप्ता लामो भ्रमण सकाएर ओली आज स्वदेश फिर्ता भएका छन्। विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले धर्म संस्कृतिमाथि प्रतिकुल असर पर्ने रहेछ भने सरकार विधेयक सच्याउन तयार रहेको प्रतिक्रिया दिए।

यसो त प्रधानमन्त्री ओलीलाई गुठी विधेयक सच्याउन पार्टी भित्रै बाटै दबाब छ। उपत्यकाका प्रतिनिधिसभा सांसद र प्रदेश सांसदहरुले विधेयक जबरजस्ती पास गरे सडकमा ओर्लने चेतावनी दिइरहेका छन्।

सम्बन्धित समाचार: गुठीको विषयले बबण्डर: यसरी परेको छ संस्कृतिमाथि सरकारको कुदृष्टि

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पनि केही दिन अघि चितवन पुगेर विधेयक संशोधन गर्नुपर्ने देखिएको बताएका थिए। विपक्षी नेपाली कांग्रेसले त गुठी विषयलाई लिएर संसद ने अवरुद्धसमेत गर्‍यो।

अरु बेला संसद पेलेरै अघि बढाउने गरेका सभामुख कृष्णबहादुर महराले सत्ता पक्षकै विरोधबीच संसद संचालन गर्न सकेका थिएनन। 

यता, भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले गुठी संविधान सम्मत भएको भन्दै गर्दा र सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले गुठी प्रथालाई 'सामन्ती प्रथा' को संज्ञा दिँएपछि गुठियारहरु थप आन्दोलित थिए। गुठियारहरुले गत आइतवारको दमनविरुद्ध असार ४ गते माइतीघरमै शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका बेला ओलीले विधेयक संशोधन गर्न सकिने बताएका हुन्।

यता गुठियार भने अझै सशंकित छन्।

ज्यापु महागुठी संघर्ष समितिका संयोजक सत्य नारायण डंगोल भन्छन्, ' प्रधानमन्त्रीले भन्नु भयो होला, ठिकै छ। तर उहाँका मन्त्रीहरुले कस्तो बोलिरहेका छन्। सरकारले आधिकारिक रुपमा धारण राख्न पर्छ। यो- त्यो बोल्यो भन्दैमा अहिले नै आन्दोलन रोकिदैन।'

सम्बन्धित समाचार: गुठी नियन्त्रण गर्न खोज्दा बबुरा भएका थिए बाबुराम भट्टराई : इन्द्रजात्राको त्यो आन्दोलन जसले सत्ता हल्लायो, अहिले त्यसैको झल्को

 'निजी गुठीलाई सार्वजनिक गर्दा दाहसंस्कारदेखि भोज गर्न सरकारको अनुमति लिनुपर्ने'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell