
आगामी जुन १ बाट इंगल्याण्डमा सुरु हुने च्याम्पियन्स ट्रफीका लागि विराट कोहलीको कप्तानीमा १५ सदस्यीय भारतीय क्रिकेट टोली घोषणा भएको छ।
सोमबार घोषणा गरिएको टोलीमा रोहित शर्मा र मोहम्मद शामीले कमब्याक गरेका छन्। यस्तै चोटका कारण यस सिजनको आइपीएल नखेलेका रविचन्द्र आश्विन पनि टोलीमा परेका छन्।
च्याम्पियनसिप ट्रफीका लागि गत अप्रिल २५ सम्म टोली घोषणा गरिकस्नु पर्ने भएपनि भारतले ढिलो गरेको हो। यसअघि नै सहभागी अन्य ७ राष्ट्रले टोली घोषणा गरिसकेका छन्।
भारतीय टोली
विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केदार जाधव, मनिस पाण्डे, महेन्द्र सिंह धोनी, युभराज सिंह, रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, उमेश यादव, जसप्रित बुमराह, अजिन्का रहाने, रविचन्द्रन आश्विन, मोहम्मद शामी
अष्ट्रेलिया, दक्षिण अफ्रिका र बंगलादेशको टोली
न्यूजिल्याण्ड र श्रीलंकाको टोली
पाकिस्तानको टोली
इंगल्याण्डको टोली