PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

३३ किलो सुन प्रकरण : बयान दिनेले के भने?



सविन ढकाल

३३ किलो सुन प्रकरण : बयान दिनेले के भने?

काठमाडौं : केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकिएको छ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान मिसिल बुझाएको हो। प्रहरीको अनुसन्धानमा चित्त बुझे वा कुनै रायसल्लाह दिनु पर्ने भए सरकारी वकिलको कार्यालयले दिनेछ। प्रहरीको अनुसन्धान प्रभावकारी देखियो भने कार्यालयले बुधवार अदालतमा अभियोगपत्र दर्ता गर्ने छ। सङ्गठित अपराधमा प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिनको म्याद बुधवारबाट सकिँदैछ। अनुसन्धानमा ३३ केजी सुन सानु बम र सनम शाक्यबाट नै हराएको देखिएको छ। 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का सहित २८ जनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको थियो। घटना संलग्नता देखिएका एसएसपी श्याम खत्री भने फरार रहेका छन्। एसएसपी खत्री २०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ केजी सुन प्रकरणमा पक्राउ परेका थिए। पछि उनले सफाई पाएका थिए। विमानस्थलका कर्मचारी र प्रहरीको मिलोमतोमा नै ३३ किलो सुन बाहिएको अनुसन्धानमा खुलेको छ।

सबैको एउटै बयानः ‘गोरेलाई चिनेका छौँ’

पक्राउ गरी विशेष अनुसन्धान टोलीले बयान लिएका सबैले सुन तस्करका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’लाई चिनेको बताएका छन्। गोरेसँग बेला बेलामा सम्पर्कसमेत हुने गरेको उनीहरूले स्वीकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। घटनामा तानिएका पूर्व डिआइजी गोविन्द निरौलाले भने आफ्नो साथीको छोरा भएकाले गोरेलाई राम्रोसित चिनेको बयान दिएका छन्।

‘सई सञ्जेलको ब्रिफिङले डुबायो’

प्रहरी नियन्त्रणमा रहेका डिएसपी प्रजित केसीले तल्लो तहका प्रहरीको ब्रिफिङका आधारमा आफू विराटनगर गएको बताएका छन्। गत शुक्रवार बयानका लागि मोरङ पुगेका डिएसपी केसीले आफूलाई मातहतका प्रहरीको ब्रिफिङले अफ्ठ्यारो पारेको बताएका छन्। केसीले आफूलाई आफ्नै मातहतमा रहेका सञ्जेलले दिएको ब्रिफिङ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई बताएपछि आफूलाई घटनास्थल जान अनुमति दिइएको बताएका हुन्।

३३ किलो सुन प्रकरण बारे सम्बन्धित समाचारहरुः

३३ किलो सुन प्रकरण :  यी हुन् अहिलेसम्म खुलेका १० तथ्य र अनुत्तरित पाँच प्रश्न

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित

३३ किलो सुन प्रकरणका पछिल्ला शिकार : मकवानपुर जिल्लाका प्रहरी प्रमुख खनाल प्रहरी नियन्त्रणमा

३३ किलो सुन प्रकरण : अनुसन्धानको नेतृत्व गर्ने डिएसपी नै पक्राउ

डिएसपी राउत सम्पर्कमा, बयानका लागि गृहमा बुझाइयो

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित

३३ किलो सुनकाण्डका मोस्ट वान्टेड 'गोरे'को नाममा रेडकर्नर नोटिस, अब १९० देशका प्रहरीले खोज्ने

३३ केजी सुन तस्करी प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

तस्करको ताकमा सुन नै किन? नाफा बढी कि तस्करी सजिलो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell