PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

बीपीएल : यी हुन् सिलेट सिक्सर्समा सन्दीपको टिममेट



पहिलोपोस्ट

बीपीएल : यी हुन् सिलेट सिक्सर्समा सन्दीपको टिममेट

काठमाडौँ : नेपाली क्रिकेटका पोस्टर ब्वाए सन्दीप लामिछाने अष्ट्रेलियन बिग बास लिग (बीबीएल)मा तहल्का मच्चाएपछि बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश गएका छन्।

बीबीएलमा डेब्यु सिजनमै चार खेल खेल्दा ८ विकेट लिइसकेका सन्दीप अहिले फेरी चर्चित बनेका छन्। बीबीएलअघि नै बीपीएलको लागि सिलेट सिक्सर्ससँग सम्झौता गरिसकाले सन्दीप अष्ट्रेलियामा चार खेल खेलेपछि नै बंगलादेश लागेका हुन्।

सन्दीपले बीपीएलमा डेविड वार्नरको कप्तानीमा खेल्नेछन्। यसअघि अष्ट्रेलियामा बीबीएलमा उनले ग्लेन म्याक्सवेलको कप्तानीमा मेलवर्न स्टार्सबाट खेलेका थिए।

बीपीएल २०१८-१९ का लागि सिलेट सिक्सर्सले वार्नरसँगै सन्दीपलाई पनि प्लेअर ड्राफ्ट हुनुअघि नै सिधै सम्झौता गरेको थियो। त्यसबापत सन्दीपले करिब ७० हजार अमेरिकी डलर पाउनेछन्।

यस्तै सिलेटको टिममा बंगलादेशका सविर रहेमान, लिटन दास, नासिर हुसेन, तस्किन अहेमद, अल-अमिन हुसेन जस्ता खेलाडी छन्।

यसबाहेक विदेशी खेलाचडीमा वार्नर र सन्दीपसँगै पाकिस्तानका सोहेल तनविर, मोहम्मद इर्फान, वेष्ट इन्डिज आन्द्रे फ्लेचर, फाबियन एलन र निकोलस पुरन, अफगानिस्तानका गुलवादिन नइव, इंग्ल्याण्डका प्याट ब्रोन सिक्सर्स टिममा छन्।

नासिर हुसेन. सविर रहेमान, तनविर र लिटन दास गरी चार खेलाडीलाई सिलेटले रिटेन गरेको थियो भने वार्नर र सन्दीपलाई सिधै सम्झौता गरेको हो। बाँकी खेलाडी भने सिलेटले ड्राफ्टबाट लिएको हो।


सन्दीपको टिममा रहेका खेलाडी:

सन्दीपको टोली सिलेट सिक्सर्सको खेल तालिका :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell