PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था



सागर बुढाथोकी

अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था

ललितपुर:  ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।

विस्फोटमा गम्भीर घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्।

विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए।

अर्की गम्भीर घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरलाई हाड जोर्नी विशेषज्ञले  सर्जरी गरेको अस्पतालले जनाएको छ। यता अर्की घाइते बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्काको उपचारमा मुटुरोग विशेषज्ञको टोली खटिएको छ।

मानन्धर र खड्का स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

 

 

सम्बन्धित समाचार

राजधानीमा शुक्रबार राति फैलिएको आतंक : नख्खुमा तीन जना घाइते हुने गरी विस्फोट, नक्सालमा डिस्पोज

अपडेट : नख्खु विस्फोटमा घाइते एक जनालाई भेन्टिलेटरमा राखियो, थप एकको अवस्था गम्भीर

नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन पैदल यात्रु घाइते



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell