PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

५ सय पुरानो 'क्वथुननी' बचाउन असनमा हप्ताभर हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई बुझाइने



सहयोग रञ्जित

५ सय पुरानो 'क्वथुननी' बचाउन असनमा हप्ताभर हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई बुझाइने

काठमाडौं:  गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि स्थानीयहरुले विरोधस्‍वरुप हस्ताक्षर संकलन गरेका छन्।

जनतालाई ऐतिहासिक क्वथुननीबारे जानकारी दिन र यस्ता सम्पदाहरुको संरक्षण गर्न जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान संचालन गरिएको क्वगथुननीमा बस्दै आएका सजिब बज्राचार्यले बताए।

क्वथुननी बचाउ संघर्ष समितिको नेतृत्वमा भइरहेको यो अभियान करिब एक हप्तासम्म संचालन हुनेछ।

संकलन गरिएको हस्ताक्षर र ज्ञापनपत्र प्रधानमन्त्रीका साथै भूमिसुधार मन्त्रालय, गुठी संस्थान र काठमाडौं महानगरपालिकालाई बुझाउने तयारी भइरहेको बज्राचार्यले बताए।

गुठी संस्थान अन्तर्गत 'श्री ५ को वायु देवता गुठी'को नाममा रहेको उक्त जग्गामा ११ परिवारले पसल संचालन गर्दै आएका छन्। ३ परिवारका १५ जना सोही घरमा बस्दै आएका पनि छन्। व्यापार र बसोवास गरेवापत उनीहरुले गुठी संस्थानलाई पहिलेदेखि नै भाडा तिर्दै आएका थिए।

गुठी संस्थानले उनीहरुसँग २०७० साल फागुनमा घरवहाल कर बुझाउने गरी करार सहमति गरेको थियो। 'सन्तान दर सन्तान' बस्दै आएकाहरुसँग प्रत्येक ५ वर्षमा बहाल पुनरावलोकन गर्ने र कम्तीमा ५ प्रतिशत बहाल बृद्धि गर्ने सहमति भएको थियो।

तर, भूकम्पले घर भत्किएको भन्दै करार अवधि बाँकी रहँदा (२०७४ मा) गुठी संस्थानले बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेड कम्पनीलाई घरको पुनर्निर्माण र त्यहाँ व्यवसायिक क्रियाकलाप गर्न २७ वर्षका लागि वहाल करार सम्झौता गर्‍यो।

मौलिक शैलीमा बनेको घर र स्थानीय नेवारहरुको बाहुल्य रहेको क्वथुननीमा आफूहरुलाई कुनै जानकारी नदिई नयाँ सहमति गरेको र सांस्कृति महत्वको उक्त घरलाई पूरै व्यापारिक प्रयोजनका लागि उपयोग गर्न दिने गरी भएको सहमतिको स्थानीयले विरोध गरेका हुन्।

क्वथुननीमा पुरातात्विक महत्वको 'चि बहा:द्य:' (चैत्य) र ५०० वर्ष पुरानो अशोक वृक्ष विहार रहेको छ। विहारमा रहेको क्वा: पा द्य: (अभिताभ बुद्ध) को मूर्ति रहेको छ। उक्त विहारमा प्रत्येक वर्ष हुने गुँला पर्वमा विशेष पूजा हुन्छ। विहारमा पञ्चदान आयोजना गरिन्छ। गुठीको कम्प्लेक्स मोहले विहारको सांस्कृतिक पर्व नै रोकिने डर स्थानीयलाई रहेको छ।

बैशाख २७ गते स्थानीयहरुले गुठीले काठमाडौंमा व्यापार सभ्यताको विकास भएको असनको मध्ये भागमा रहेको क्वथुननी भत्काएर रैनाथे नेवारहरुलाई विस्थापित गर्न लागेको भन्दै विरोध गरेका थिए। कार्यक्रममा प्रतिनिसभाका र प्रदेश ३ का सांसदहरुले क्वथुननी भत्काएर स्थानीयलाई विस्थापित गर्न लागेको भन्दै विरोध गरेका थिए।

सम्बन्धित समाचार

५ सय वर्ष पुरानो क्वथुननी 'गुण्डा नाइके'लाई सुम्पिँदै गुठी संस्थान : प्रतिरोधमा उत्रिँदै असनवासी

५ सय वर्ष पुरानो क्वथुननी बचाउन असनमा विरोध सभा, सरकार असफल बनाउन गुठी संस्थान नै लागेको नेकपा सांसदको आरोप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell