PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट भोलीदेखि, उपाधि जित्ने लक्ष्यमा नेपाल



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट भोलीदेखि, उपाधि जित्ने लक्ष्यमा नेपाल
फोटो : नेप्लेज

काठमाडौं : उपाधि रक्षा गर्दै एसीसी यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित एसीसी यू-१९ इस्टर्न रिजन २०१९ मा प्रतिस्पर्धा गर्न नेपाली टोली मलेसिया पुगिसकेको छ।

आइतवार मलेसिया पुगेको नेपाली युवा टोलीले सोमबार प्रशिक्षण समेत गरेको छ।

७ राष्ट्र सहभागि यस प्रतियोगिताबाट विजेता बन्ने टिम यू-१९ एसिया कपमा छनोट हुनेछ।

सन् २०१७ मा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले यस प्रतियवगिता जितेको थियो। यस पटक नेपाललाई उपाधि जित्ने चुनौती र अवसर दुवै छ।

राष्ट्रिय टोलीका सदस्य रोहित कुमार पौडेलको कप्तानीमा रहेको टोलीमा अनुभवी र केही नयाँ खेलाडी समेत छन्।

समूह ए मा रहेको नेपालले बुधवार किनरारा ओभल मैदानमा चीनसँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ। यस्तै दोस्रो खेलमा शुक्रवार सिंगपुरसँग खेल्नेछ। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ए मा ३ टिम मात्र छ।

यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।

मलेसिया जानुअघि कप्तान रोहित कुमार पौडेलले आफूहरुको एक मात्र लक्ष्य इस्टर्न रिजनको उपाधि जित्दै एसिया कपमा छनोट हुनु रहेको बताएका थिए। उनले यस पटक टिम पनि सन्तुलित भएको बताएका छन्।

यस्तै प्रशिक्षक विनोद दासले सन् २०२२ को यू-१९ विश्वकपलाई मध्यनजर गर्दै केही नयाँ खेलाडीलाई टिममा राख्दै पुरानालाई रेस्ट दिएको बताएका छन्।

मलेसियामा नेपालले निरन्तर खेलिरहेको र खेलाडीहरु पनि अभ्यस्त भएकाले त्यहाँको कन्डिसनमा खेल्न सजिलो हुने बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell