PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डब्लुसिएल : बिराटनगर टाइटन्सको पोखरा पल्टनमाथि सहज जित



पहिलोपोस्ट

डब्लुसिएल : बिराटनगर टाइटन्सको पोखरा पल्टनमाथि सहज जित

काठमाडौं : महिला क्रिकेट लिग (डब्लुसिएल)को आज भएको पहिलो खेलमा बिराटनगर टाइटन्सले पोखरा पल्टनमाथि ६ विकेटको शानदार जित निकालेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको पोखरा पल्टनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो। पोखराका लागि कविता कुँवरले सर्वाधिक २२ रनको योगदान दिइन्। त्यस्तै सीताराना मगरले १६ रन, अञ्जली चन्दले १५ रन, रेवती धामीले १२ रन तथा सरस्वती मगरले १० रनको योगदान दिइन्।

पोखरालाई सस्तैमा समेट्न सबनम राईले २ विकेट तथा सोनु खड्काले १ विकेट लिइन्।

यता ९५ रनको लक्ष्य पछ्याएको बिराटनगरले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाएर भेट्टाएको थियो।

बिराटनगरका लागि ललिता चौधरीले सर्वाधिक २३ रन बनाउँदै पभेलियन फर्किइन्।

त्यस्तै बिहीवारको खेलमा अर्धशतकीय पारी खेलेकी ज्योती पाण्डेले २२ रनको योगदान दिइन्। त्यसबाहेक डोली भट्टले १२ रन तथा अस्मिता कर्मचार्यले अभिजित १६ रनको योगदान दिइन्।

यो बिराटनगर टाइटन्सको लगातार दोस्रो जित हो भने पोखराको लगातार दोस्रो हार हो। हिजो भएको खेलमा बिराटनगरले ललितपुरलाई हराउँदै सुखद सुरुवात गरेको थियो।

यता पोखरा पल्टन भने काठमाडौंसँग ८२ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell