PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चेकअपका लागि टिचिङ पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट पनि केही बेरमै बाहिरिए



कुञ्जरमणि भट्टराई

चेकअपका लागि टिचिङ पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट पनि केही बेरमै बाहिरिए
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्तपाल पुगेका छन्।

बुधबार ग्रान्डीमा उपचारका लाागि भर्ना भएका  प्रधानमन्त्री ओलीलाई सामान्य चेकअपका लागि शिक्षण अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाए।

टिचिङ पुगेका प्रधानमन्त्री ओली अस्पतालबाट केही बेरमै बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रधानमन्त्रीलाई अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा केही बेर देखिएको उनीहरुले बताए। 

टिचिङबाट बाहिरिएपछि ग्रान्डी अस्पताल लैजाने तय भएको बताए पनि यसबारे जानकारी प्राप्त हुन सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सवा ११ बजे बालुवाटारबाट बाहिरिएका थिए।

यो पनि: मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु बालुवाटारमा 'इन', प्रधानमन्त्री ओली भने 'आउट'

मन्त्रिपरिषद्का लागि मन्त्रीहरु बालुवाटार प्रवेश गर्दै गर्दा प्रधानमन्त्री ओली भने त्यहाँबाट बाहिरिएका हुन्। बालुवाटार स्रोतले यसअघि प्रधानमन्त्री ओलीलाई आज मिर्गौलाको नियमित उपचारका लागि ग्रान्डी अस्पताल लैजाने तयारी रहेको जनाएको थियो।

गत बुधबार प्रधानमन्त्री ओलीलाई उपचारका लागि ग्रान्डीमा भर्ना गरिएको थियो। ओली बिहीवार डिस्चार्ज भएका हुन्।

'प्रधानमन्त्रीलाई कस्तो छ?' डिस्चार्जपछि ओलीको बडी ल्याङ्गवेजबाटै यस्तो जवाफ, हेर्नुस् फोटोमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell