PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आस्था राउतलाई कारवाहीको प्रकृया बढायो प्रहरीले



पहिलोपोस्ट

आस्था राउतलाई कारवाहीको प्रकृया बढायो प्रहरीले

काठमाडौं : त्रिभुवन विमानस्थलको आन्तरिक कक्षामा प्रहरीसँग भएको व्यवहारलाई लिएर विवादमा तानिएकी गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनले गल्ती गरेको देखिए कारबाही गर्न महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ। विमानस्थलमा महिला प्रहरीले 'तँ' भनेर दुर्व्यवहार गरेको भन्दै आस्थाले आक्रोस पोखेकी थिइन्। तर, विमानस्थलमा दुर्व्यवहार नगरेको र उल्टै आफूमाथि दुर्व्यवहार गरेको भन्दै महिला प्रहरी रमिता श्रेष्ठले शुक्रवार उजुरी दिएपछि गायिका राउतमाथि कारवाहीको तयारी भएको हो। उनीमाथि अभद्र व्यबहारमा कारबाही हुनेछ।

'अनुसन्धान गरिरहेका छौं। गल्ती देखिएमा कारबाही हुन्छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

बुधवार दिउँसो कार्यक्रममा झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत् आस्थाले आक्रोश पोखेकी थिइन्। भद्रपुर हुँदै उनी सिक्किम जाँदै थिइन्। विमानस्थलमा राखिएको सिसी टिभी क्यामरा फुटेजको आधारमा आस्थाका गतिविधि सहि नदेखिएकाले प्रहरीले कारवाहीको प्रकृया अगाडि बढाएको हो।

अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ।

सम्बन्धित समाचार :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell