PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवार र प्रशासनबीच सहमति, अवस्था सामान्य



पी बी खड्का

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : पीडित परिवार र प्रशासनबीच सहमति, अवस्था सामान्य
मंगलवार मोटरसाइकललाई ठक्कर दिने टिपर।

सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति भएको छ।

टिपरको ठक्करबाट मंगलबार कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको थियो। भे १ ख २२४२ नम्बरको टिपरले सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि करिब २० मिटर टाढासम्म घिसारेको थियो। घटनालगत्तै प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ।

दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै मंगवार मृतकका आफन्तले वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले वीरेन्द्रनगरको मुख्यबजार बन्द गराउने क्रममा तोडफोड तथा आगजनी गरेपछि प्रशासनले मंगलवार कर्फ्यु आदेश जारी गरेको थियो।

सिंहको दुर्घटनामा मृत्यु भएपछि उनकी प्रेमिकाले आत्महत्या गरेको समाचार आएका थिए। हाल मृतक युवकका बुवा र युवतीको बुवा आएपछि मात्रै फेरी बेलुका ५ बजे बैठक बस्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

युवक र युवतीबीचको सम्बन्धका विषयमा आधिकारीक धारणा आएको छैन। प्रमुख जिल्ला अधिकारीले प्रेम-प्रेमीका भनेर हल्ला फैलाउनेको खोजी भइरहेको जानकारी दिए। पुष्टि हुने कुनै आधार नभएकाले प्रेमी-प्रेमीका भन्न नमिल्ने उनको भनाइ छ।

सम्बन्धित समाचार :

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : तनाव साम्य पार्न वीरेन्द्रनगरमा लगाइयो कर्फ्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell