PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

रसुवागढी र  तातोपानी नाकाबाट चिनियाँ पर्यटकलाई प्रवेश रोक



पहिलोपोस्ट

रसुवागढी र  तातोपानी नाकाबाट चिनियाँ पर्यटकलाई प्रवेश रोक

काठमाडौं : सरकारले नेपाल छिर्ने चिनियाँ नाकाबाट चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको छ। केही सातादेखि चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस नेपालमा पनि पर्यटकहरुको माध्यमबाट फैलिने सम्भावना बढेपछि सरकारले चिनियाँ पर्यटकलाई प्रवेशमा रोक लगाएको हो।

सरकारले रसुवागढी-केरुङ र तातोपानी-खासा नाकाबाट प्रवेश गर्ने पर्यटकलाई रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

‘चीनबाट नेपाल छिर्ने नाकामा आवतजावतमा रोक लगाइएको छ। चीनमा फैलिएको कोरोना भाइरस र ल्होसार पर्वलाई ध्यान दिँदै नाकामा रोक लगाइएको हो,’ प्रवक्ता शर्माले भने।

बुधवारदेखि १५ दिनसम्म पर्यटकलाई प्रवेशमा रोक लगाइएको हो। दुई देशका स्थानीय प्रतिनिधिहरुको छलफलपछि रोक लगाउने सहमति भएको प्रवक्ता शर्माले जानकारी दिए।

हालसम्म संक्रमण नदेखिएको चीनको एकमात्र स्वशासित क्षेत्र तिब्बतमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सोमवार तिब्बत सरकारले ग्रेड २ अपत्कालीन घोषणा गरेको छ। हालसम्म चीनका ३० प्रान्त नगरपालिका र क्षेत्रहरुलाई ग्रेड १ अलर्ट जारी गरिसकिएको छ। यहाँका पर्यटकीय गन्तव्यहरु पनि सोमवारदेखि बन्द गरिएको साउथ चाइना मर्निङपोस्टले जनाएको छ।

कोरोना भाइरस पोखरामा पनि देखिएको आशंका गरिएको छ। एक साता अघि अन्नपूर्ण सर्कीटको ट्रेकिङ सकेर पोखरा आएका चिनियाँ जोडीमा कोरोनाको भाइरसका संकेतहरु देखिएको आशंका गरिएको हो।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म १ सय जना भन्दाबढीको मृत्यु भइसकेको छ।

सम्वन्धित सामाचार

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell