A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6d01fe16.21134828): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.697ceb6d01fe16.21134828,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?



विधुर ढकाल

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?
Photo: Ringo H.W. Chiu/AP

काठमाडौं : चीनमा प्राणघातक संक्रमण नोवेल कोरोना भाइरस (२०१९ एनसिभी)को संक्रमण फैलिएसँगै विभिन्न देशहरुले आफ्ना कुटनीतिज्ञ तथा नागरिकहरुलाई उद्धार गर्न थालेका छन्।

चीनको हुवेइ प्रान्तको राजधानी ११ मिलियन (१ करोड १० लाख) जनसंख्या भएको वुहानमा पहिलो पटक देखा परेको यस संक्रमणले सबै भन्दा बढी वुहानलाई असर गरेको छ। यही सबै भन्दा बढी मानिसमा संक्रमण देखिनुका साथै ज्यान गुमाएका छन्। यसको संक्रमणबाट हालसम्म १७० जनाको मृत्यु भइसकेको छ।

एनसिभीको ‘आउटब्रेक इपिसेन्टर’ हुवेइ प्रान्तमा मात्र ६० मिलियन (६ करोड) जनसंख्या घरमा थुनिएका छन्।

संक्रमण फैलिँदै जाँदा पूरै चीनमा यसको संक्रमण देखा परेको छ। बुधवार सम्म ७ हजार ७११ मानिसमा संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये हालसम्म संक्रमण नदेखिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ

हालसम्म यस भाइरसको संक्रमण १६ देशमा देखिएको छ। जसमा नेपाल पनि एक हो। संक्रमण नियन्त्रणमा नआउँदा विभिन्न देशहरुले आफ्ना नागरिकलाई उद्धारको काम थालेका छन्।

फ्रान्सले बुधवार आफ्ना नागरिकलाई उद्धारका लागि जहान चीन पठाएको त्यहाँको टेलिभिजन च्यानल सी न्युजलाई उदृत गर्दै रोयटर्सले जनाएको छ

‘यसरी उद्धार गरिएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखिने छ। त्यसपछि अर्को उडान भरिने छ। उडानको मिति तय नभए पनि संक्रमण देखिएका व्यक्तिहरुलाई सोही दोस्रो उडानमा राखेर पेरिस ल्याइने छ र उपचारमा राखिने छ,’ फ्रान्सका कनिस्ट यातायात मन्त्री जिन वाप्छिस्टे ड्जेवारीले भनेका छन्।

दक्षिण कोरियाले पनि यसै साता आफ्ना नागरिकलाई वुहानबाट उद्धार गर्ने तयारी गरेको छ। त्यहाँका प्रधानमन्त्रीले बिहीवार चार्टर जहाज पठाइने मंगलवारको मन्त्रीस्तरीय बैठकमा भनेका थिए।

त्यस्तै २०६ जापानी नागरिक बोकेको पहिलो चार्टर विमान टोकियोमा अवतरण  गरेको छ। जसमध्ये चार जनामा संक्रमणको लक्ष्यण देखिएको समाचारमा उल्लेख छ। जापानमा हालसम्म सात जना विरामीमा कोरोना भाइरसको संक्रमण देखा परेको छ। त्यसमा पनि एक जना पर्यटक बसका चालक हुन् जसले चिनियाँ पर्यटकहरुलाई घुमाएर फर्किएका थिए।

काजकिक्स्तानले आफ्ना ९८ विद्यार्थीलाई वुहान शहर छाड्न अनुमति बेइजिङसँग मागेको त्यहाँका परराष्ट्र सहायक मन्त्री सुखरत नुर्सेभले बताएका छन्। 

जर्मनीले पनि आफ्ना ९० नागरिकलाई वुहानबाट उद्धार गर्ने तयारी गरेको छ। त्यस्तै मोरोक्कोले आफ्ना करिब १०० नागरिकलाई त्यहाँबाट उद्धारको तयारी थालेको छ।

स्पेन सरकारले चीन सरकार र युरोपियन युनियनसँग मिलेर वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाने छलफल गरिरहेको त्यहाँका परराष्ट्रमन्त्री अरन्चा गोञ्जालेजले बताएका छन्।

संयुक्त राज्य अमेरिकाले आफ्ना २२० नागरिकलाई वुहानबाट उद्धा गरिसकेको छ। जसमध्ये ५० जना कुटनीतिज्ञ र कन्ट्याक्टर रहेको कुटनीतिक स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ। उद्धार गरिएका नागरिक बोकेर वुहानबाट उडेको जहाज बुधवार मार्च एयर रिजर्भ बेसमा अवतरण गरेको छ। उनीहरुलाई त्यही क्वारेन्टाइनमा राखिने लस एन्जल्स टाइम्सले जनाएको छ

बेलायत सरकारले आफ्ना नागरिकहरुलाई सहयोग गर्न अन्तर्राष्ट्रिय साझेदारहरुसँग छलफल शुरु गरेको छ। प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले वुहानमा रहेका बेलायती र अन्य विदेशी नागरिकको सहयोगको विषयमा छलफल गरिरहेको जनाएका छन्।

वुहानमा क्यानडाका करिब १६७ नागरिक रहेको भन्दै कन्सुलर सहयोग माग गर्ने ८ जना नागरिकलाई सहयोग गरिएको त्यहाँका परराष्ट्र मन्त्री फ्रान्सकोइस फिलिपेले जनाएका छन्। यद्यपी उनले उद्धारको विषयमा केही बताएका छैनन्। उनले अवस्था हेरेर निर्णय गरिने जनाएका छन्। रुसले आफ्ना नागरिकको उद्धारका लागि बेइजिङसँग छलफल चलिरहेको जनाएको छ।

नेदरल्यान्ड्स सरकारले त्यहाँ रहेका आफ्ना २० नागरिकको उद्धारका लागि उपाय खोजिरहेको त्यहाँको सरकारी समाचार एजेन्सी एएनपीले जनाएको छ।

यता म्यानमारले भने आफ्ना ६० विद्यार्थीको उद्धार गर्ने योजनालाई स्थगति गरेको त्यहाँका अधिकारीहरुले रोयटर्सलाई जनाएका छन्। अस्ट्रेलियाले पनि आफ्ना नागरिकलाई उद्धार गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। उनले वुहानमा रहेका ६०० नागरिक मध्ये कति नागरिकलाई उद्धार गरिने खुलाएका छैनन्। त्यसरी उद्धार गरि ल्याइने नागरिकलाई क्रिसमस आइल्याण्डमा क्वारेन्टाइनमा राखिने बताइएको छ।

अस्ट्रेलियाले न्यूजिल्यान्ड र प्यासिफिक आइल्यान्डका नागरिकलाई हुवेइबाट उद्धार गर्न सहयोग गर्ने उनले बताएका छन्। यता भारतले पनि वुहानमा रहेका करिब ३०० भारतीयको उद्धारका लागि चीन सरकारसँग उडान अनुमति मागेको छ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको ४२३ सिट क्षमताको जम्बो विमान तयारी अवस्थामा राखिएको छ। त्यहाँको नागरिक उड्डयन प्राधिकारणले एयर इन्डियालाई वुहान उडानका लागि अनुमति दिएको छ।

एयर इन्डियाको डबल डेकर बोइङ ७४७ बेइजिङको अनुमतिको पर्खाइमा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्

नेपालीको अवस्था के?

यता हुवेइ प्रान्तमा रहेका १०० बढी नेपालीहरुसँग बेइजिङस्थित नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ। वुहानमा मात्र हाल ६० जना नेपाली विद्यार्थी रहेको बेइजिङ स्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए। अहिलेसम्म नेपालीहरु सुरक्षित रहेको भन्दै उनले वुहान तथा अन्य क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्क कायम गरिरहेको बताए।

‘हामी चिनियाँ अधिकारीहरुसँग पनि निरन्तर सम्पर्कमा छौं। उहाँहरु अहिलेको संक्रमण नियन्त्रण गर्न लागि पर्नु भएको छ। आशा गरौँ केही दिनमा स्थिति नियन्त्रणमा आउने छ,’ उनले भने, ‘अहिलेकै अवस्था रहिरहे प्रभावित क्षेत्रबाट नेपाली उद्धार गरिने छ।’

चीन सरकारको नियन्त्रण अभियानलाई आफूहरुले पनि सहयोग गर्नु पर्ने भन्दै उनले भने, ‘नियन्त्रण अभियानलाई नै प्रभावित पार्ने गरी हामीले फिर्ता लैजान्छौँ भन्नु कति सान्दर्भिक होला? वुहानमा नेपाली मात्र होइन अन्य देशका नागरिकहरु पनि छन्। कसैलाई पनि बाहिर जान दिइएको छैन’, उनले भने, ‘हामीले उहाँहरुसँग उद्धारका विषयमा पनि कुरा गरेका छौँ। उहाँहरुले केही समय पर्खनुस् भन्नुभएको छ, यो अभियान लम्बिँदै गयो र नियन्त्रणमा आउन कठिन जस्तो भयो भने उहाँहरुले अनुमति दिनुहुन्छ। त्यसपछि हामी उद्धारको प्रक्रिया थालिहाल्छौँ।’

हाल चीनमा अध्ययन गरिरहेका ७ हजार विद्यार्थी र विभिन्न पेशामा व्यवसायमा संलग्न एक हजार जना गरी करिब ८ हजार हाराहारीमा नेपाली रहेको भन्दै लम्सालले अन्य क्षेत्रबाट भने नेपालीहरु आफ्नै हिसाबले नेपाल फर्किइरहेको जानकारी दिए।

नेपालीहरुको उद्धारका लागि नेपाल पछि नहट्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए।

‘केही दिन अगाडि प्रधानमन्त्रीकै नेतृत्वमा यस विषयमा बैठक बसेर छलफल भयो’, उनले भने, ‘बेइजिङस्थित नेपाली दूतावास र विभिन्न शहरमा रहेका महावाणिज्यदूतावासहरुले निरन्तर नेपालीहरुसँग सम्पर्क कायम गरिरहेका छन्। आवश्यक परे हामी उद्धारमा पछि हट्ने कुरा हुँदैन।’

यो पनि :

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell