PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

चीनबाट फर्केका कैलालीका युवकमा कोरोनाको संक्रमण नभएको पुष्टि



एम बम

चीनबाट फर्केका कैलालीका युवकमा कोरोनाको संक्रमण नभएको पुष्टि

कैलाली : चीनबाट धनगढी फर्केर सेती अस्पतालमा भर्ना भएका युवकमा कोरोनाको संक्रमण नेगेटिभ देखिएको छ। चीनमा अध्ययन गरेर फर्किएको ९ दिनपछि कोरोना भएको आशंकामा अस्पताल भर्ना भएका उनमा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

कोरोनाको आशंका गर्दै निगरानीमा राखेर उनको खकार र रगतको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले रिर्पोट नेगेटिभ आएको र उनलाई डिस्चार्ज गरिसकिएको जनाएका छन्।

कोरोनाको आशंकामा यसअघि शनिवार धनगढीका अर्का युवक पनि अस्पताल भर्ना भएका थिए। उनको पनि रिर्पोट नेगेटिभ आएको छ।

सम्बन्धित समाचार :

चीनबाट फर्किएका कैलालीका एक युवा अस्पताल भर्ना, कोरोना भएको हुन सक्ने आशंका

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका युवकको रगत र खकार काठमाडौं पठाइयो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell