PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कहाँ पुग्यो अनिल सिंहको 'प्रेमपत्र' विवाद?



मन्दिरा खत्री

कहाँ पुग्यो अनिल सिंहको 'प्रेमपत्र' विवाद?

काठमाडौं : गायक अनिल सिंह पछिल्लो समय प्रेमपत्रको कारण चर्चामा छाए। म्युजिक डट कमका सञ्चालक राजेश वंशलले अनुमति बिना आफ्नो एल्बम बिक्री गरेको आरोप लगाउँदै सिंहले सम्झौतापत्र च्यातेका थिए।

२००४ सालदेखि म्युजिक डट कमले आफ्नो गीत ब्रिक्री बितरण गर्दै आएको भए पनि आफू यस विषयमा अन्जान रहेको अनिलले दाबी गरेका थिए। तर म्युजिक डट कमका सञ्चालक वंशलले भने उनको आरोपको खण्डन गर्दै अनिलसँग नै गीतको 'राइट्स' खरिद गरेको बताएका थिए।

'धेरै अगाडि हामीले उहाँसँग यो एल्बम खरिद गरेका थियौं' वंशलले भनेका थिए।

अनिलले भने सो गीतमा आफ्नो मात्र अधिकार रहेको दाबी गर्दै आएका छन्।

त्यसो त अनिलले मेघाहर्ज एल्बमको सम्झौतापत्र च्यातेपछि विवाद अझ बढेको थियो। आफूले सम्झौता पत्र भूलबस च्यातेको भन्दै उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू गल्ती गरेको भन्दै अत्मसमर्पण गर्न तयार रहेको बताएका थिए।

उनले लेखेका थिए 'सम्झौता पत्र च्यात्नु अपराध हो भने आफू कानुन बमोजिम सजाय भोग्न तयार छु। होइन भने पनि मेरो गीत गैरकानुनी ढंगले बिक्री वितरण गर्नेलाई कानुन बमोजिम सजाय दिनुपर्छ।'

यसअघि वंशलले सिंहको आरोपको खण्डन गर्दै अनिल सिंहसँग आफूले उक्त गीतको राइट्स खरिद गरेको बताएका थिए। उनले पहिलो पोस्टसँगको कुराकानीमा भनेका थिए ''हामीले गायक अनिल सिंहसँग नै उक्त गीतको राइट्स खरिद गरेका थियौं। धरै अगाडी हामीले उहाँसँग यो एल्बम खरिद गरेका थियौ।'

'अझै मिलेको छैन विवाद'

त्यसो त आफू र अनिल सिंह बीचको प्रेम पत्र विवाद अझै मिलिनसकेको म्युजिक डट कमका सञ्चालक वंशलले बताए। उनले भने 'हामीहरु बीच एक किसिमको समझदारी भइसकेको छ। अब अलिकति काम बाँकी छ। तर अझै त्यो एल्बमको राइट्स कसको हुन्छ त्यो भने अझै टुंगो लागि सकेको छैन।'

यसअघि वंशलले दुबैजनाको सहमतिमा अघि बढ्ने बताएका थिए भने सिंहले कानुनअनुसार राजेशले आफूलाई मुद्दा हाल्न वा गलत गरेकाले सजाय भोग्न तयार रहेको बताएका थिए।

अनिल सिंहको 'प्रेम पत्र' विवादमा, जीवन खतरामा रहेको अनिलको दाबी, वंशल भन्छन्,'उहाँको आरोप निराधार'

राष्ट्रपति र प्रधानमन्त्री गुहार्दै अनिल सिंहले भने 'मेरो जीवन खतरामा छ, २४ घन्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell