PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

वरिष्ठ नेता पौडेललाई विश्वप्रकाशको प्रश्न, 'विभाग गठन गर्नुहुँदैन भनेर कुन विधानमा लेखेको छ?' 



प्रकाश भण्डारी

वरिष्ठ नेता पौडेललाई विश्वप्रकाशको प्रश्न, 'विभाग गठन गर्नुहुँदैन भनेर कुन विधानमा लेखेको छ?' 

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठनमा आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका छन्। सोमवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले पार्टीको विधानले नै विभाग गठनलाई नरोकेको दाबी गरेका हुन्।

सभापति देउवाले शनिवारमात्र १३ विभागमा प्रमुख तोकेका थिए भने आजमात्र ७ विभागका प्रमुख तोकेका छन्। यसैगरी शानिवार नै देउवाले पाँच आमन्त्रित केन्द्रीय सदस्य तोकेका थिए। उक्त कदमविरुद्ध देउवा इतरका नेताहरुले आपत्ति जनाउँदै आएका छन्।

शनिवारै वीरगंज पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलले चौंधौ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग प्रमुख तोक्नु र आमन्त्रित केन्द्रीय सदस्य तोक्नु आचारसंहिता विपरित भएको आरोप लगाएका थिए।

आचारसंहिता विपरित कांग्रेस किन चलिरहेको छ? पहिलोपोस्टको प्रश्नमा प्रवक्ता शर्माको जवाफ थियो, 'मैले पनि सोध्न चाहिरहेको विषय हो। आचारसंहितामा कहाँ छ यस्तो गर्नुहुदैन भन्ने। पार्टीले महाधिवेशनमा जाँदै गर्दा विभाग गठन गर्न नपाइने भन्ने कतै छैन।'

प्रवक्ता शर्माले यो महाधिवेशन तयारीकै क्रममा हुनुपर्ने काम भएको जिकिर गरे। भने, 'विधानको  धारा ७२ को उपधारा ४ मा अन्तरिम संरचना तयार गर्नुपर्ने भन्ने विषय छ। यो महाधिवेशनकै तयारीको विषय हो। विधान विपरित होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell