PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

लकडाउन कहिले खुल्छ? सरकार भन्छ, 'परीक्षणको दायरा बढाइएको छ, नतिजामा भरपर्छ'



पहिलोपोस्ट

लकडाउन कहिले खुल्छ? सरकार भन्छ, 'परीक्षणको दायरा बढाइएको छ, नतिजामा भरपर्छ'
फाइल फोटो

काठमाडौँः अहिले सबैको प्रश्न छ, लकडाउन कहिलेसम्म हुन्छ? बढ्छ कि बढ्दैन? कहिले खुल्छ?

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। तेस्रोपटक समय थपेर वैशाख ३ गतेसम्म कायम गरेको छ। आज १९औँ दिन पूरा हुनैलाग्दा मानिसहरुको अब फेरि बढ्छ कि खुल्छ भन्ने चासो छ।

लकडाउन सकिन चार दिन बाँकी हुँदै गर्दा पनि सरकारले ठोस् रुपमा बढ्छ कि खुल्छ भनेको छैन।

कोरोना भाइरसको संक्रमणबारे प्रत्यक्ष अपडेट दिने तथा विभिन्न माध्यमबाट नागरिकसँग अन्तरक्रियामा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यो प्रश्न थेग्नै नसक्ने गरी आएको छ।

लकडाउनबारे बढ्दो प्रश्न र सरकारी प्रतिक्रिया नहुँदा अन्योलता बढेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमणको स्थितिले लकडाउन खुल्ने नखुल्ने निर्धारण गर्ने बताए। शनिबारको प्रेस ब्रिफिङमा देवकोटाले कोरोना संक्रमितको संख्या नबढे लकडाउनको स्वरुपमा परिवर्तन हुने संकेत गरे। परीक्षणको दायरा बढाइएको भन्दै यसको नतिजामा लकडाउन लम्बिने वा खुल्ने कुरा भर पर्ने उनको भनाई छ।

पढ्नुस् ः उपत्यकामा अब तीन स्थानबाट कोरोना परीक्षण, वीर अस्पतालमा शनिबारबाट सुरु 

पत्रकार सम्मेलनमा डा देवकोटाले जे भने, 'धेरै देशले लकडाउनलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्विकल्प उपायका रुपमा लिएका पाइन्छ। नेपालले पनि त्यो अवलम्बन गरेको छ। यसबाट केही असहज भएको छ। तर, यो असहजताले आगामी दिनहरुमा महामारीरहित बनाउन सहयोग गर्नेछ। हाम्रो देशलाई संक्रमणबाट जोगाउनेछ। धेर्य गर्न आग्रह गर्दछौँ।'

उनले अगाडि भने, 'हामीलाई धेरैजसो प्रश्न कहिले खुल्छ लकडाउन, कतिञ्जेलसम्म हो भन्ने प्रश्न आउँछछन्। मैले पहिला पनि भन्ने गरेको छु, हाम्रो देशमा अहिले ९ जनामा संक्रमण भएको र टेस्टको दायरा बढाइरहेको अवस्थामा यसको डेभलपमेन्ट कसरी हुन्छ। त्यो आधारमा हामीले आगामी दिनमा रणनीति तय गर्नेछौँ।'

पढ्नुस्ः बढाइँदै कोरोना परीक्षणको दायराः प्रतिदिन सात सयभन्दा बढीको जाँच, २४ घण्टामा ८९७ परीक्षण

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश मुख्यमन्त्रीसँगको भिडियो कन्फ्रेन्समा लकडाउन लम्बिने स्पष्ट संकेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell