PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गृहले अनुमति दिए पनि अझै घर आउन पाएनन् वासुदेव, प्रशासन भन्छ : भारतीय पक्षले ढिलाई गर्‍यो



कमलराज भट्ट

गृहले अनुमति दिए पनि अझै घर आउन पाएनन् वासुदेव, प्रशासन भन्छ : भारतीय पक्षले ढिलाई गर्‍यो
फोटो : संघर्ष दाहालको फेसबुकबाट

काठमाडौं : आमा बितेर भारतीय क्वारेन्टाइनमै किरिया बसेका दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्ट अझै घर आउन पाएका छैनन्।

४ दिनअघि आमा बित्दा महाकालीमै हाम्फालेर आउन खोजेका वासुदेवको बारेमा बुधवारदेखि लगातार समाचार आएपछि गृह मन्त्रालयले उनलाई घर पुर्‍याउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको थियो। गृहले अनुमति दिएको ४८ घण्टा बित्दा पनि वासुदेव भने अझै घर आउन पाएका छैनन्।

दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवरले भारतीय पक्षकै कारण वासुदेवलाई ल्याउन ढिलाइ भइरहेको बताए।

'डिएम (जिल्ला अधिकारी) अफिसले बालुवाकोटबाट वासुदेवलाई पठाइसकेको भन्छ। धारचुलाको एसडिएम अफिसले आइपुगेको छैन भनेको छ। सिडिओसाप पिथौरागढका डिएमसँग सम्पर्कमै हुनुहुन्छ। आज बेलुकासम्म वासुदेवलाई दार्चुला ल्याउन प्रयास गरिरहेका छौं,' कुँवरले भने।

रोजगारीका लागि भारत गएका वासुदेव लकडाउनका कारण दार्चुला पारी सीमा बजार धारचुलामा रोकिएका छन्। उनलाई भारतीय प्रशासनले बालुवाकोटस्थित क्वारेन्टाइनमा राखेको छ। क्वारेन्टाइनमै राखेका बेला मंगलबार उनका आमाको निधन भएको थियो। आमाको निधनको खबर पाएलगत्तै उनी अन्त्येष्टि तथा काजकिरियाका लागि महाकाली नदीमा हाम फालेर आउन खोजेका थिए। तर, भारतीय प्रहरीले रोकेपछि अन्त्येष्टिमा सहभागी हुन नपाए पनि क्वारेन्टाइनमा अलग्गै कपाल खौरेर किरिया बसेका छन्।

वारि आमा बितिन । पारी छोरोको यो अबस्था छ । बिचमा एउटा सिमा छ । त्यही सिमामा रहेको अमूर्त भाबनालाई उपयोग गर्दै बालुवाटारमा एउटा शासक फरमान जारी गर्दै बसेको छ । केटो सोच्दो हो, सत्ता सांच्चिकै क्रुर हुंदोरहेछ ।

Posted by Sangharsha Dahal on Friday, April 17, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell