PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पूर्व आइजिपी खनाल र दुई सांसदविरुद्ध अपहरण आरोपमा उजुरी दिन बाबुराम पुगे टेकु

पूर्व आइजिपी खनाल र दुई सांसदविरुद्ध अपहरण आरोपमा उजुरी दिन बाबुराम पुगे टेकु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः समाजवादी पार्टीले नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल लगायत दुई सांसदविरुद्ध अपहरण कार्यमा संलग्न रहेको भन्दै उजुरी दर्ताको प्रक्रिया अघि बढाएको छ। समाजवादी पार्टीका तर्फबाट नेता बाबुराम भट्टराई निवेदन लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेका छन्।

बुधबार खनाल, नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ।' उहाँहरु आउनुभएको छ। छलफल भइरहेको छ।' परिसरका डिएसपी होबिन्द्र बोगटीले भने।

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग-२, परिच्छेद – १७ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई नियन्त्रणमा लिन नमिल्ने व्यवस्था गरेको छ। यस्तो कार्यलाई अपहरण मानिएको छ।

अपहरणमा परेका भनिएका यादवले आफूलाई अपहरण गरेको नभने पनि झुक्याएर, दबाबमा काठमाडौं ल्याएको बताउँदै आएका छन्। खनालसहित दुई सांसदले महोत्तरी गएर यादवलाई ल्याएको स्वीकार गरिसकेका छन्। तर उनीहरुले अपहरण नभएर सल्लाहमा नै काठमाडौँ ल्याएको बताउँदै आएका छन्।

सम्बन्धित समाचार

हो, म जनकपुर गएर ल्याएको हुँ : पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

सरकारको डिजाइनमा 'अपहरण', 'सुपाडी' पूर्व प्रहरी प्रमुख खनाललाई : गौतम होटलमा खाजा, बाटोमा हाँसको छोयला



ट्रेन्डिङ पोस्ट

Ncell