PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लेखराज, टोपबहादुर र दिनानाथको प्रशंसा गर्दै शान्ताले भनिन्, 'सरकार ढाल्ने खेल किमार्थ स्वीकार्य हुने छैन'



पहिलोपोस्ट

लेखराज, टोपबहादुर र दिनानाथको प्रशंसा गर्दै शान्ताले भनिन्, 'सरकार ढाल्ने खेल किमार्थ स्वीकार्य हुने छैन'

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सरकार ढाल्ने खेल स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

अध्यादेश प्रकरणपछि नेकपाभित्र असन्तुष्ट (प्रचण्ड र नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान चलाएका बेला सचेतक चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार ढाल्ने खेल नखेल्न सचेत गराएकी हुन्।

सांसद चौधरीले हस्ताक्षर अभियानको विरोधमा उत्रिएका पूर्वमाओवादी समूहका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ शर्माको प्रशंसा गरेकी छिन्।

'पदको कुनै पर्वाह छैन। सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन। भुइँमा बस्न तयार छौं, एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं,' उनले भनेकी छिन्, 'सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्वीकार्य हुने छैन।'

कमरेड लेखराज भट्ट , टोपबहादुर रायमाझी र दिननाथ शर्माहरुको तर्क र अडानलाई सम्मान व्यक्त गर्दछु । पदको कुनै पर्वाह छैन,...

Posted by Shanta Chaudhary on Monday, April 27, 2020

नेकपाभित्र तीव्र ध्रुवीकरण भइरहेका बेला नेताहरुका विभिन्न प्रतिक्रिया आएका छन्।

यसअघि नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफू हस्ताक्षर अभियानको विरोधमा रहेको बताएका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि गुटगत रुपमा निष्क्रिय छन्।

सरकारले राजनीतिक दल अध्यादेश र संवैधानिक परिषद सम्बन्धीको अध्यादेश ल्याएपछि बढेको ध्रुवीकरण नेकपामा अझै रोकिएको छैन।

प्रचण्ड निकट नेताहरुले प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले पछिल्लो राजनीतिक घटनाक्रमको निकास दिनुपर्ने बताउँदै आएका छन्।

सम्बन्धित समाचार

 

पूर्वमाओवादी समूहका नेताले प्रचण्डलाई सोधे : अब के गर्ने?

टोपबहादुर रायमाझी भन्छन्: हस्ताक्षर अभियान बेठिक हो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell