PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

इरफानले अधुरै छोडेर गएका फिल्म...



पहिलोपोस्ट

इरफानले अधुरै छोडेर गएका फिल्म...

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ। मुम्बईको कोकिलाबेन अस्पतालमा आज विहान उनको निधन भएको हो।

इरफानको निधनको खबर सबैभन्दा पहिले ती निर्देशकले दिए, जसको फिल्म अधुरै छोडेर इरफान चिरनिन्द्रामा गए।

इरफान र निर्देशक सुजित सिरकार मित्रता गहिरो थियो। इरफानसँग पछिल्लो फिल्म पिकु बनाएका सुजितले उनसँग नयाँ फिल्म बनाउने तयारीमा थिए। इरफान उपचारका लागि विदेशमा जाँदा फिल्मको निर्माण रोकिएको थियो। इरफान फर्किएपछि काम सुरु गर्ने सुजितको योजना थियो।

तर, उनलै आज सबैका सामु भन्नुपर्‍यो कि इरफान रहेनन्। इरफान र सुजितको मित्रतालाई बलिउडमा एक समूह पनि भनिन्थ्यो। 'नयाँ फिल्मको निर्माणका लागि सुजित इरफानको पर्खाईमा थिए,' आजतकका सम्वाददाता शाहिल जोशीले मुम्बईबाट भनेका छन्, 'तर, यो हुन सकेन।'

सम्बन्धित समाचार

संसार छाड्नुअघि इरफान खानको अन्तिम शब्द: 'आई ट्रस्ट, आइ ह्याभ सरेण्डर'

हलिउडसम्म इरफानको यात्रा : लकडाउनले अधुरै रह्यो सपना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell