PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पहिलोपटक सात वर्षीया* बालिकामा कोरोना पुष्टि : बाँकेमा संक्रमितको सम्पर्कमा रहेका ६० को रिपोर्ट आउँदै



कमलराज भट्ट

पहिलोपटक सात वर्षीया* बालिकामा कोरोना पुष्टि : बाँकेमा संक्रमितको सम्पर्कमा रहेका ६० को रिपोर्ट आउँदै

काठमाडौँ: आइतबार कोरोना पोजेटिभ देखिएका नेपालगञ्जका ९ जना बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ। भेरी अस्पतालका अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेर समूहका छन्। 

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डेन्ट डाक्टर प्रकाश थापाले पोजेटिभ भेटिएका ९ जना ६० वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरु भएको बताए।

गत शुक्रबार भेरी अस्पतालमा प्रयोगशाला परीक्षण (पीसीआर) मा नेपालगञ्जको मदरसा पढाउने ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

प्रहरीले कन्ट्याक्ट ट्रेसिङ गर्दा ९३ जना संक्रमितको सम्पर्कमा आएको फेला पारेको थियो। तीमध्ये ९० जनाको स्वाब परीक्षण शनिबार संकलन गरिएको थियो। बाँकी तीनसहित केहीको पनि नमूना संकलन भइसकेको छ।

आज संक्रमित पुष्टि भएका ९ जनालाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुर्‍याउन प्रहरी टोली परिचालन भइसकेको छ। 

डाक्टर थापाले हालसम्म ३० जनाको परीक्षण सकिएको र त्यसमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

'आज देखिएका केस हिजोकै कन्ट्याक्ट ट्रेसिङका हुन्। शुक्रबारको फस्ट केसको कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पल लिएका केस हुन्। ३० जनाको परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखियो,' उनले भने।

बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले थप भेटिएका संक्रमितबारे बुझ्ने काम भइरहेको बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालगञ्जका ५ पुरुष र ४ महिलामा पोजेटिभ देखिएको हो।

शुक्रबार संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुष मदरसाका शिक्षक थिए। लकडाउनले मदरसा बन्द हुँदा घर-घरमा गएर पढाउँदै आएका थिए।

प्रहरीले उनको कन्ट्याक्ट ट्रेसिङ नै नसकेका बेला नयाँ संक्रमित फेला परेपछि अहिले बाँके जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायसहित बैठक बसिरहेको छ।

*सात वर्षीया बालिका हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको। स‌ं.

सम्बन्धित समाचार

अन्सारी टोल सिल, बाँकेका संक्रमितको ९३ जनासँग 'डाइरेक्ट कन्ट्याक्ट' : ९० जनाको स्वाब संकलन, आजै साँझ रिपोर्ट आउने

भारतबाट फर्केका बाँकेका संक्रमित 'शिक्षक' : लकडाउनले मदरसा बन्द भएपछि घरघरमा ट्युसन पढाउन पुग्थे

घर छाडेर मदरसामा बस्दै आएका थिए बाँकेका संक्रमित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell