PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एन्फा डे प्रकरण पेचिलो बन्दै : ललितपुर अध्यक्षको उजुरीपछि असन्तुष्ट एन्फा नेतृत्वको एक्सन, 'कार्यवाहक अध्यक्ष तोक्नु'



मुकुन्द घिमिरे

एन्फा डे प्रकरण पेचिलो बन्दै : ललितपुर अध्यक्षको उजुरीपछि असन्तुष्ट एन्फा नेतृत्वको एक्सन, 'कार्यवाहक अध्यक्ष तोक्नु'

काठमाडौं : एन्फा डे प्रकरण झन्झन् पेचिलो बन्दै गएको छ। एन्फा डेमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले दिएको शुभकामना सन्देशमा अभद्र टिप्पणी गरेको भन्दै सुरु भएको विवाद लम्विँदा यो प्रकरण थप पेचिलो बन्न पुगेको हो। एन्फाले ललितपुर एन्फाका अध्यक्षले दिएको स्पस्टीकरणमा चित्त नबुझेको जनाउँदै एन्फा ललितपुरका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेपछि यो विषय थप तातेको हो। थापाले एन्फाको कारवाहीविरुद्ध उजुरी गरेका छन् भने एन्फाले कार्यवाहक अध्यक्ष तोक्न ललितपुर फुटबल संघलाई पत्र पठाएको छ।

एन्फाको पत्रअनुसार स्पस्टीकरण समेत दिएका अध्यक्ष थापाले स्पस्टीकरण माफी माग्दै प्रतिप्रश्नहरुको चाङ लगाएका थिए। एन्फा डे एन्फाको नयाँ नेतृत्व आएको दिनमा मनाउन सुरु गरेको भन्दै असन्तुष्ट थापाले दक्षिण एसियाली खेल सुरु भएको दिन या एन्फाले फिफाको सदस्यता पाएको दिन या त्यस्तै कुनै महत्वपूर्ण दिनलाई एन्फा डे बनाउन सुझावसमेत दिएका थिए।

तर एन्फा नेतृत्व उनको स्पस्टीकरणबाट सन्तुष्ट भएन र उनलाई साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णयमा पुग्यो। थापा भने एन्फाले यसरी कार्यसमिति बैठक नबसी आफूलाई निलम्बन गर्न विधानले नै नदिने दाबी गर्दै गर्छन्।

'एन्फाको ललितपुर फुटबल संघ सदस्य हो। पुरुषोत्तम थापा अध्यक्ष चाहि होइन। हामी ४५ जिल्ला फुटबल संघ एन्फाको सदस्य हो। ४ समिति एन्फाको सदस्य हो,' उनको तर्क छ, ' सदस्यलाई निलम्बन गर्ने अधिकार एन्फालाई छ। त्यो पनि कार्यसमितिलाई। म भनेको जिल्लामा लोकतान्त्रिक पद्धतिबाट अरु १० वटा क्लबले छानेर आएको हो। उहाँहरुले पत्रमा अध्यक्षलाई निलम्बन गरेको भनेको छ। यो उहाँहरुले अधिकार राख्दैन। यो उहाँहरुको अधिकारको पाटो होइन।'

उता ललितपुर एन्फाले थापामाथि गरिएको निलम्बन विधान विपरित भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको थियो। कार्यसमितिले निलम्बन फिर्ता लिन आग्रह गर्ने भन्ने पनि निर्णय गरेको थियो। जसअनुसार ललितपुर एन्फाले सोमवार २ बजे पत्र पठाएको थियो।

‘हामीले २ बजे एन्फाको कार्यसमितिले यस्तो निर्णय गर्‍यो भनेर पठाइसकेका थियौं। राति सवा १० बजे एन्फाले कार्यवाहक अध्यक्ष नियुक्त गर्नु भनेर चिठी काटेको रहेछ। त्यो पनि ११ गतेको मिति राखेर। हामीले १२ गते पत्र पठाएका थियौं,’ थापाले भने।

आफूमाथि लगाइएको निलम्बनविरुद्द थापाले उजुरीसमेत गरिसकेका छन्। उनले एन्फाको अपिल कमिटी, राष्ट्रिय खेलकुद परिषद्, एएफसी र फिफामा समेत उजुरी गरिसकेका छन्।

उनको उजुरीसँगै एन्फा पनि कडा रुपमा प्रस्तुत भएको छ। एन्फाले नयाँ कार्यवाहक अध्यक्ष तोक्नु भनेर ललितपुर फुटबल संघलाई पत्र पठाएको छ।

‘एन्फाले कार्यवाहक तोकी पठाउनु भनेको छ। कस्तो अचम्म सोमवार जिल्लाले दिउँसो २ बजे पत्र पठाएको र एन्फाले सोमबार राति सवा १० बजे पत्र पठाउँछ,’ थापाले भने, ‘जिल्ला कार्यसमितिको पत्र पठाइसक्यौं तर जबरजस्ती कार्यवाहक तोकिपठाउनु भनेको छ। अचम्म।’

अझै पनि आफ्नो कुराको सुनवाइ नभए अदालत जाने थापाले बताएका छन्।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले पनि एन्फालाई आपसी विवाद सुल्झाउन सुझाव दिएका थिए। एन्फाले शहीद स्मारक ए डिभिजन लिगको टेक्निकल रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रममा सिलवालले घुमाउरो पारामा एन्फाले आफ्ना आन्तरिक विवादहरुलाई सुल्झाएर जान सुझाव दिएका थिए।

सम्बन्धित समाचार

एन्फा डे प्रकरण: निलम्बनविरुद्ध ललितपुर अध्यक्ष थापाले अपिल जारी गर्दै

एन्फा डे विवाद प्रकरण: काँक्रो लिग कमिटी भनेको के हो? देखि 'चोरहरुको श्रीगणेश'सम्म



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell