PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्यमन्त्री भन्थे, 'दैनिक दश हजार जनाको कोरोना परीक्षण' : तर, पाँच हजार पनि पुगनपुग



विधुर ढकाल

स्वास्थ्यमन्त्री भन्थे, 'दैनिक दश हजार जनाको कोरोना परीक्षण' : तर, पाँच हजार पनि पुगनपुग

काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जेठ २६ गते प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलबाट उठेका प्रश्नको जवाफमा परीक्षण दर १० हजार पुर्‍याउने बताएका थिए। तर पछिल्लो साता परीक्षण भने घट्दै गएको छ।

'असार १५ सम्म प्रत्येक दिन १० हजार रिपोर्ट दिने गरी काम अगाडि बढाएका छौं,' उनले भनेका थिए। भारतमा परीक्षणदर राम्रो रहेको र दक्षिण एसियामा भुटानपछि दोस्रो हुने उनले बताएका थिए।

स्वास्थ्यमन्त्री ढकालले संसदमा यस्तो भनेको ४ दिनपछि नै सामाजिक सञ्जालमा नेकपाका नेतादेखि कार्यकर्तासम्म, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्मले नेपालमा प्रति १० लाख ९ हजार ७४५ जनाको परीक्षण भएको दाबी गर्दै भारतमात्र होइन जापान र थाइल्याण्ड भन्दा पनि अगाडि रहेको तथ्यांक सार्वजनिक गरे। वर्ल्डमिटरलाई हवाला दिँदै गरिएको प्रचार 'प्रोपोगान्डा' थियो। यो संख्यामा आरटी-पीसीआरसँगै आरडीटी परीक्षणलाई पनि जोडिएको छ। थाहा नै छ आरडीटी परीक्षण कोरोना भाइरसको परीक्षण नभइ एन्डिबडी परीक्षण हो।

यो पनि : मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म मिथ्याङ्क देखाउँदै प्रोपागान्डामा

स्वास्थ्यमन्त्री ढकालले दुई साता अगाडि परीक्षणको दायरा जेठ १५ देखि १० हजारमा पुर्‍याउने दाबी संसदमा गरेको भए पनि पछिल्ला दिनमा परीक्षण दिनप्रतिदिन घट्दै गएको छ।

यो पनि: संक्रमित बढ्दै, खाली हुँदै क्वारेन्टाइन: दैनिक औसत ४७८ विना परीक्षण घर पठाउँदा समुदायमा संक्रमण फैलिने जोखिम

हाल देशभर कोभिड-१९ को आरटी पीसीआर परीक्षण गर्ने २२ वटा प्रयोगशाला छन्। कतिपय प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि थन्किएका छन्। कतिपय प्रयोगशालामा किट अभाव हुँदा परीक्षण हुन सकेको छैन। कतिपय प्रयोगशालामा क्षमता भन्दा बढी स्वाब क्युमा रहेका छन्। परीक्षण किट अभाव हुँदा यसअघि सुदुरपश्चिम प्रदेशमा स्वाब संकलनसमेत रोकिएको थियो।

सुर्खेत प्रादेशिक अस्पताल तथा किटजन्य रोग अनुसन्धान प्रयोगशालामा आइतवारको रिपोर्टमा कुनै पनि परीक्षण भएको छैन। यहाँ हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको सबै भन्दा बढी परीक्षण भएको छ। सुर्खेतमा हालसम्म १३ हजार ९७७ परीक्षण भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आइतवारको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा २६० नमुना परीक्षण भएका छन्। यहाँ हालसम्म १२३ हजार ६४० नमुना परीक्षण भएका छन्। यो परीक्षण यहाँको क्षमता भन्दा कम हो।

तीन हप्ता अगाडि एक हजार ६०० को हाराहारीमा परीक्षण भइरहेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण दर पनि घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टअनुसार यहाँ परीक्षण २४ घण्टामा १ हजार ९ नमुना परीक्षण भएका छन्। यस साताको परीक्षण हेर्दा सबै भन्दा बढी असार १० गत एक हजार ४४८ नमुना परीक्षण भएको छ। आइतवारको परीक्षण साताकै सबैभन्दा कम हो।

असार १५ पछि परीक्षण दर दैनिक १० हजार पुर्‍यउने मन्त्री ढकालले बताए पनि पछिल्लो साता यो परीक्षण दर घटेर औसतमा पाँच हजार ८०९ मा पुगेको छ। आइतवार परीक्षण ४ हजार ९६२ भयो जुन दुई दिन अगाडि साढे ६ हजार माथि थियो।

परीक्षण र क्वारेन्टाइन छाड्ने ट्रेन्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell