PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

३३ किलो सुन प्रकरणमा रेड नोटिस् जारी गरिएका खड्का विमानस्थलमा पक्राउ, अबुधाबीबाट चार्टर फ्लाइट्मा आएका थिए कामदारसँगै



सविन ढकाल

३३ किलो सुन प्रकरणमा रेड नोटिस् जारी गरिएका खड्का विमानस्थलमा पक्राउ, अबुधाबीबाट चार्टर फ्लाइट्मा आएका थिए कामदारसँगै

काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन तस्करीको मुख्य योजनाकारमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले हरिशरण खड्कालाई नियन्त्रणमा लिएको हो। युएईको अबुधाबीबाट नेपाल आएको जानकारी पाएपछि उनलाई अध्यागमनले नियन्त्रणमा लिएको हो।

प्रहरीले खड्कालाई रेड कर्नर नोटिसमा राखेर खोजी गरिरहेको थियो। शनिवार चार्टर फ्लाइटबाट नेपाल आएका उनलाई विमानस्थलमा पक्राउ गरिएको हो। 'यही नाम गरेको मानिसलाई नियन्त्रणमा लिएका छौं। हामीले प्रहरीलाई बुझाएका छौं।  तर उहाँका अभियोग के के हो थाहा भएन,' त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख सागर आचार्यले भने। उनलाई आज बिहान १० : ४० बजे युएईको अबुधाबीबाट हिमालयन एयरलायन्सको चार्टर फ्लाइटबाट आउने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करीबीच विवाद भएपछि ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकएक घटनाका प्लटहरु बाहिरिएका थिए।

यही घटनामा प्रहरीको समेत संलग्नता देखिएको भन्दै एसएसपीसम्म लाई कारबाही गरिएको थियो। तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती 'गोरे'लाई २०७५ जेठमा पक्राउ पछि सार्वजनिक गरिएको थियो। उनी अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्।

करिव १४ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका खड्का सुन तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखाएको थियो।नी यसअघि केन्द्रीय अनुसन्धान व्यूरो ( सिआईबी)को टोलीले २०७३ पुस २१ गते विमानस्थल बाहिरबाट बरामद गरेको ३३ किलो सुन प्रकरणमा मुख्य योजनाकार भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

३३ किलो सुन प्रकरण बारे सम्बन्धित समाचारहरुः

३३ किलो सुन प्रकरण :  यी हुन् अहिलेसम्म खुलेका १० तथ्य र अनुत्तरित पाँच प्रश्न

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित

३३ किलो सुन प्रकरणका पछिल्ला शिकार : मकवानपुर जिल्लाका प्रहरी प्रमुख खनाल प्रहरी नियन्त्रणमा

३३ किलो सुन प्रकरण : अनुसन्धानको नेतृत्व गर्ने डिएसपी नै पक्राउ

डिएसपी राउत सम्पर्कमा, बयानका लागि गृहमा बुझाइयो

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित

३३ किलो सुनकाण्डका मोस्ट वान्टेड 'गोरे'को नाममा रेडकर्नर नोटिस, अब १९० देशका प्रहरीले खोज्ने

३३ केजी सुन तस्करी प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

तस्करको ताकमा सुन नै किन? नाफा बढी कि तस्करी सजिलो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell