PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

४० करोडको जग्गा कीर्ते प्रकरण : एक लेखनदास पक्राउ,अर्को फरार



राधेश्याम पटेल

४० करोडको जग्गा कीर्ते प्रकरण : एक लेखनदास पक्राउ,अर्को फरार

वीरगंज :  जिल्ला प्रहरी कार्यालय पर्साले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका लेखनदासलाई पक्राउ गरेको छ। वीरगंज –१५ लक्ष्मणवा घर भएका अमर साह कानू गुप्तालाई प्रहरीले बुधवार पक्राउ गरेको हो। बुधवार बिहान मालपोत कार्यालय नैजिकै रहेको कानूको च्याम्बरबाट सादा पोशाकमा आएका प्रहरीले गुप्तालाई पक्राउ गरेको थिए। 

वीरगंज महानगरपालिका वडा नं. ५ स्थित सिटी स्क्यान सेन्टर रहेको मुख्य सडकसँग टाँसिएको करिब साढे पाँच कट्ठा जग्गा स्वर्गीय कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले नामसारी गरेको घटनामा संलग्न रहेको आरोपमा लेखनदास गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

घटनाको साक्षी बसेका अर्का लेखनदास प्रमेश साह कानू भने फरार रहेका छन्। अमरलाई पक्राउ गरेपछि कानु फरार भएका हुन्। कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले फागुन १२ गते वीरगंज महानगरपालिका वडा नं. ५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साबाट नामसारी गराएका थिए।

घटना सम्बन्धमा असार २७ गते कमला राजभण्डारीको आफन्तजनले मालपोत कार्यालय पर्सामा लिखित उजूरी दिएपछि कीर्ते जालसाजको मुद्दा सार्वजनिक भएको हो।
यस सम्बन्धमा मालपोत कार्यालय पर्साले साउन ४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा अनुसन्धानको लागि लिखित पत्राचार समेत गरेको थियो। प्रशासनले कीर्ते जालसाजको मुद्दा प्रहरीमार्फत् छानबिन शुरू गराएको हो।

सम्बन्धित समाचार

यी हुन् ४० करोडको जग्गा हत्याउने नक्कली छोरा : अनुसन्धानको सुई बंसलतर्फ, शंकाको घेरामा मालपोतका तीन कर्मचारी पनि
४० करोडको जग्गा हत्याउने नक्कली छोरा!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell