PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अस्पतालले भर्ना नलिएपछि महिलाको मृत्यु भएको भन्दै आफन्तहरु प्रदर्शनमा



राधेश्याम पटेल

अस्पतालले भर्ना नलिएपछि महिलाको मृत्यु भएको भन्दै आफन्तहरु प्रदर्शनमा

वीरगंज: वीरगंजको नारायणी अस्पताल डाक्टर उदयनारायण सिंहको गाडीमा आइतबार बिहान तोडफोड भएको छ। छपकैया निवासी २० वर्षकी महिलाको मृत्यु भएपछ पनि उनका आफन्तले उपचार नपाएर महिलाको ज्यान गएको आरोप लगाउँदै उनको गाडीमा तोडफोड गरेका हुन्।

मृतक महिलाको मृत्यु पछि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। अस्पतालको भवनमा भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला मृतकका आफन्तहरुले अस्पतालका गाडी तोडफोड गरेका हुन्। मृतकका आफन्तहरुले अस्पताल परिसरमा प्रदर्शन गर्दै ढुंगा प्रहार गरेका थिए। प्रदर्शनका क्रममा डा. सिंहको ना १२ च ५९६६ नम्बरको गाडिको सिसा फुटेको छ।

शनिवार राती अस्पताल चहार्दा चहार्दै २० वर्षकी महिलालाई वीरगंजका अस्पतालहरुले भर्ना लिन नमानेपछि विहान मृत्यु भएको थियो। अस्पतालले उपचारका लागि भर्ना नलिएपछि महिलाको मृत्यु भएको भन्दै आफन्तहरुले बिहान साढे ९ बजे देखी साढे ११ बजे सम्म अस्पताल भित्रका गाडि तथा अन्य गमलाहरु, अस्पतालका झालका सिसा तोडफोड गरेका हुन्।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठि चार्ज गरेको थियो।

सम्बन्धित समाचार:

अस्पताल चहार्दै बित्यो रात : पीसीआर रिपोर्ट माग्दै आधा दर्जन अस्पतालले लिएन भर्ना, बिहान गयो ज्यान

अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell