PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रुपन्देहीमा थप ५७ जनामा कोभिड-१९ को संक्रमण, दुई जनाको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा थप ५७ जनामा कोभिड-१९ को संक्रमण, दुई जनाको मृत्यु
File Photo

काठमाडौं : रुपेन्देहीमा पछिल्लो अद्यावधिक विवरणअनुसार थप ५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीकाअनुसार पछिल्लो परीक्षणमा २८ महिला र २९ पुरुषमा संक्रमण पुष्टि भएको छ। योसँगै रुपन्देहीमा एक हजार १९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

पछिल्लो परीक्षणमा संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिकाका १३ महिला र १७ पुरुष रहेका छन्। त्यस्तै सिद्धार्थनगर नगरपालिकाका १० महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको छ।

तिलोत्तमा नगरपालिकाका ४ महिला र १ पुरुष, रोहिणी गाउँपालिकाका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ। देवदह र सैनामैना नगरपालिका १/१ पुरुष तथा ओमसतिया गाउँपालिकाका १ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

हाल रुपन्देही जिल्लामा ६८३ सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएका मध्ये १३ जनाको मृत्यु भएको छ। आज शुक्रवार मात्र दुई जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै ४९४ जना संक्रमित निको भइसकेका छन्।

शुक्रवार बिहान सिद्धार्थनगरपालिकाकी एक महिलाको उपचारका क्रममा गौतम बुद्ध सामुदायीक मुटु अस्पतालमा मृत्यु भएको छ। त्यस्तै लुम्वनी प्रादेशिक अस्पतालमा बुटवलका एक पुरुषको पनि मृत्यु भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell