PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन, बिहीवारबाट प्रशिक्षण



पहिलोपोस्ट

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन, बिहीवारबाट प्रशिक्षण

काठमाडौं: नेपाल र बंगलादेशबीच हुने भनिएको दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन्। नेपाली टिमका स्वीडिस प्रशिक्षक योहान कालिन स्वीडेनमै रहेको र महामारीका कारण आउन नमिल्ने कारण देखाउँदै एन्फाले मुख्य प्रशिक्षकको जिम्मेवारी महर्जनलाई दिएको हो।

नेपाली टिमका लागि किरण श्रेष्ठ सहायक प्रशिक्षक र विकास मल्ल गोलकिपिङ प्रशिक्षक रहने छन्।

एन्फाका अनुसार खेलाडीहरु बुधवारसम्म ट्रेनिङका लागि आइपुग्ने छन् र बिहीवारबाट ट्रेनिङ सुरु हुनेछ। यसअघि असोज ३० मा एन्फाले राखेपबाट अभ्यास सुरु गराउन अनुमति मिलेको जानकारी गराएको थियो।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएदेखि हालसम्म फुटबलका सबै क्रियाकलाप ठप्प रहेको थियो। राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गत अगस्ट १७ बाट हुने तय भएको थियो। तर, फिफा वर्ल्ड कप २०२२ र एसियन कप २०२३ को छनौट चरणका खेलहरु स्थगित भएसँगै नेपाली टोलीको बन्द प्रशिक्षणलगायतका सबै क्रियाकलाप पनि स्थगित भएको थियो।

पछिल्लो समय एन्फाले तीनवटा देशहरुले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको जनाएको थियो। जसमा डोमिनिक रिपब्लिक, बंगलादेश र मंगोलियाले प्रस्ताव गरेका बताइएको थियो। जसमध्ये डोमिनिकन रिपब्लिक र मंगोलियाले नेपालमै खेल्नेगरी प्रस्ताव गरेका थिए भने बंगलादेशले नेपाललाई बंगलादेशमै मैत्रीपूर्ण खेल खेल्नेगरी बोलाएको थियो। यसैका लागि नेपालले बंगलादेशसँग खेल्नका लागि प्रकृया अघि बढाएको थियो।

तीन देशका फुटबल टिमद्वारा मैत्रीपूर्ण खेल खेल्न नेपालसमक्ष प्रस्ताव, नेपाल सरकारले देला त अनुमति ?

बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फालाई राखेपको ग्रिन सिग्नल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell