PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धनगढीमा दुई प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान



एम बम

धनगढीमा दुई प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

कैलाली : कैलालीको धनगढीमा असई र प्रहरी जवानको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक तथा इन्चार्ज गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका हुन्।

जिल्ला अदालत कैलालीमा मङ्गलवार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ।

कारागार चलान हुनेमा धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना रहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको गत कात्तिक १ गते नियमित गस्तीमा रहेका बेला राती मटर तस्करी रोक्न खोज्दा हत्या गरिएको थियो। घरेलु हतियार प्रयोग गरी हत्या गरिएका उनीहरूमध्ये असईको दोस्रो र जवानको तेस्रो दिन धनगढी १० मा पर्ने मोहना नदीमा गाडिएको अवस्थामा शव फेला परेको थियो।

सम्बन्धित समाचारहरु :

कैलालीको प्रहरी हत्या प्रकरणका सात अभियुक्त सार्वजनिक

तस्करको र्‍याकेट तोड्न सक्रिय असईको 'योजनाबद्ध हत्या', परिवारलाई भनेका थिए, 'टर्चर छ, सरुवा मिलाउँदै छु'

प्रहरी हत्या प्रकरणमा अभियुक्तको साबिती बयान : सुरुमा जवान त्यसपछि असईको हत्या गरेर नदीमा फ्याँकेका हौँ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell