PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ओलीको पर्खाईमा बालुवाटारमा नेकपा स्थायी कमिटी सदस्यहरु, फेरि छलफलमा दुई अध्यक्ष



प्रकाश भण्डारी

ओलीको पर्खाईमा बालुवाटारमा नेकपा स्थायी कमिटी सदस्यहरु, फेरि छलफलमा दुई अध्यक्ष

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य अहिले बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षामा छन्। एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकका लागि पुगेका उनीहरु प्रधानमन्त्री ओली उपस्थित नहुँदा अन्योलपूर्ण अवस्थामा कुरिरहेका छन्।

एक घन्टा अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। छलफलपछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए। तर, ओली बैठकमा नआएपछि पुन: प्रचण्ड उनीसँग छलफल गर्न निस्किएका छन्।

'दुई अध्यक्षबीच अहिले पुन: छलफल सुरु भएको छ। स्थायी कमिटीको बैठक सुरु भएको छैन,' प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईले भने।

मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।

आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको थियो। प्रचण्ड- नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। 

यसअघि ओली निकट स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। भेटमा उनले प्रचण्डलाई बैठक केही दिन पर सार्न बालुवाटारको सन्देश सुनाएको भए पनि प्रचण्डले त्यसलाई अस्विकार गरेका थिए। 

साथै स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका थिए। उनीहरु अधिवेशन मागपत्र दर्ताका लागि त्यही प्रतीक्षामा छन्।

यो पनि:

अध्यादेशविरुद्ध प्रचण्ड - नेपाल यस्तो कदमको तयारीमा, 'विवादमाथि विवाद थुप्रियो, अब के हुन्छ भन्नै सक्दिनँ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell