PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अविश्वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री पौडेल



प्रकाश भण्डारी

अविश्वासको प्रस्ताव सामना गर्न तयार छु : मुख्यमन्त्री पौडेल

काठमाडौं : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत हुने दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले शुक्रवार नै प्रदेश सभामा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। उनीहरुले मुख्यमन्त्री पौडेलले एकलौटी निर्णय गरेको, पार्टीको सल्लाह नमानेको लगायतका आरोप लगाएका छन्।

पौडेलले आफूविरुद्ध दर्ता भएको प्रस्ताव बहुमतले स्वीकृत गराउन चुनौतीसमेत दिएका छन्। 'उनीहरुले दर्ता गरेर मात्रै भएन बहुमतले स्वीकृत पनि हुनुपर्‍यो। नियमसँगत ढंगले नै आएको छ अविश्वासको प्रस्ताव,' उनले भने।

केन्द्रको समीकरण फेरिनेवित्तिकै आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको पूर्व सूचना रहेको पौडेलको दावी छ। अविश्वासको प्रस्ताव फेस गर्न आफू तयार भएको उनले बताए।

केन्द्रको छायाँ प्रदेशमा : वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

'म त तयार छु। अविश्वसको प्रस्ताव संसदीय व्यवस्थामा आउने नै भयो,' उनले भने।

पौडेलले आफूविरुद्ध दर्ता भएको प्रस्ताव फेल हुने प्रस्ट्याए। उनले संसदीय गणितमा आफ्नो पक्ष बलियो रहेको दावी समेत गरे।

प्रदेशसभा विघटन तत्काल सम्भव नभएकोसमेत उनले तर्क गरे। प्रदेशलाई विघटनको अधिकार नभएकाले केन्द्रले विघटन गर्नसक्ने उनको भनाई छ।

'विघटनको कुरा छैन। यो प्रदेशलाई अधिकार भएको कुरा होइन। केन्द्रले विघटन गरेमा त्यो केन्द्रको अधिकार हो,' उनले भने।

अविश्वसको प्रस्तावमा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव पनि गरिएको छ।

नेकपाको आन्तरिक किचलो उत्कर्षमा पुगेपछि प्रधानमन्त्री केपी ओलीले पुष ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसपछि नेकपामा विभाजन आएको छ। केन्द्रको किचलो हाल प्रदेशमा देखिन थालेको छ। आफ्नो बहुमत भएको प्रदेशमा प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री बिरुद्ध अविश्वसको प्रस्ताव दर्ताको तयारी थालेको छ। प्रदेशसभा विघटनबारे प्रचण्ड-नेपाल समूहले भने प्रदेशलाई नै अधिकार भएको दाबी गरिरहेको छ।

यो पनि पढ्नुस्

वाग्मती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell