PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भीम रावललाई ओलीको जवाफ : म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै सोध्नुस्



पहिलोपोस्ट

भीम रावललाई ओलीको जवाफ : म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै सोध्नुस्

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता भीम रावललाई जवाफ दिएका छन्।

रावलले आइतवार संसदमा तपाईं कुन पार्टीको प्रधानमन्त्री भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नै सोध्न सुझाए।

‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री हो जानकारी पाउँ भने। सर्वोच्च अदालतमै सोध्न जानु,’ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले भने।

ओलीले अदालतले नै कुन पार्टीको प्रधानमन्त्री भनेर निर्क्यौल गरिसकेकाले जानेर पनि नजानेजस्तो नगर्न सचेत गराए। 'मैले सोध्न नपरोस् तपाई कुन पार्टीको हो?' ओलीले भने।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि रावललाई जवाफ दिँदै प्रधानमन्त्री नेकपा एमाले पार्टीको भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell