PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

काँग्रेसको प्रश्न : प्रधानमन्त्री संसदमा नदेखिनुको कारण असुरक्षा कि नैतिक खतरा?



पहिलोपोस्ट

काँग्रेसको प्रश्न : प्रधानमन्त्री संसदमा नदेखिनुको कारण असुरक्षा कि नैतिक खतरा?

काठमाडौं : प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति नहुनुको कारण खोजेको छ। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडुले प्रश्न गरेका हुन्।

'प्रधानमन्त्री संसदमा नदेखिनु उहाँ माथिको सुरक्षा खतरा हो वा नैतिक खतरा हो?'

प्रधानमन्त्री ओलीले गत फागुनको दोस्रो साता तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा आफू माथि सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री अभिव्यक्‍तिका बारेमा चर्चा भएको थियो।

जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

बैठकमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीको अभिव्यक्ति माथि सत्यता भए नभएको? समेत जवाफ मागेका थिए। प्रधानमन्त्री ओलीको त्यतिखेरको अभिव्यक्तिलाई चारवटै सुरक्षा निकायले खासै महत्वका साथ समेत लिएको थिएन। त्यसो त गृह मन्त्रालयले त्यसपछि पनि प्रधानमन्त्रीको सुरक्षामा कुनै थप रणनीति तथा सुरक्षाकर्मी थपेन।

सांसद बडुले प्रधानमन्त्री जस्तो व्यक्तिले असत्य कुरा बोलेको भए त्यो गौर जिम्मेवारी भएको तर्क गरेका छन्। 'यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र क्षमता माथि प्रश्न उठ्ने गरी यस्तो गौर जिम्मेवार असत्य र बनावटी जवाफ किन दिनु भयो?'

प्रधानमन्त्रीको 'सुरक्षा थ्रेट' अभिव्यक्तिः न थपिए सुरक्षाकर्मी, नत सुरक्षा थ्रेट !

नेपाली सेनाले प्रधानमन्त्री ओलीको सुरक्षाको कमान्ड लिएको हुन्छ। अहिले प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी गरेर ३ सय जना भन्दा बढी सुरक्षाकर्मी परिचालित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell