PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवा निवासमा सुरु भयो तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुँदै



देउवा निवासमा सुरु भयो तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुँदै

काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको बैठक सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी छन्।माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतका नेतापनि देउवा निवासमा छलफलमा जुटेका छन्।

कांग्रेसको तर्फबाट बैठकमा सभापति देउवा सहित रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेता छन्।

देउवाले आज नयाँ सरकारको गठन बारे छलफल गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बोलाएका थिए।

सम्बन्धित समाचार : निर्णायक कदमका लागि जुट्दै तीन दल, के आजै होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell