PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सम्पन्न भएको छ। कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा पुल्चोकमा रथ बनाइएको स्थानबाट करिब २५ मिटर पर रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म आज रथ तानेर रथयात्रा सम्पन्न गरिएको हो।

रथ तान्ने कि नतान्ने भन्ने विवाद रहँदा सरोकारवालाहरुको बैठकले गत वर्ष झै एकैदिनमा रथ यात्रा गर्दा यसपटकको रथ यात्रा सम्पन्न गर्ने निर्माण गरेको थियो। अन्यथा यो रथयात्रा १ महिनाभन्दा बढी समय चल्ने गर्छ।

सम्बन्धित समाचार : नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो

गत वर्ष लकडाउनको समयमा महिनौंसम्म रथयात्रा नहुँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो। त्यसपछि नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो। यसपटक पनि पहिला झै पाटीसम्म तानेर रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिनेछ।

जिल्ला प्रशासन कार्यालय र विभिन्न खल: पुच: को समन्वयमा रथयात्रा सम्पन्न गरिएको हो। अरु बेला हजारौंको सहभागितामा हुने रथयात्रामा यसपटक निश्चित व्यक्तिहरु मात्रै सहभागी थिए। रथ तान्ने सबैको पीसीआर परीक्षण गरिनुका साथै मास्क र फेस सिल्डको प्रयोग गरिएको थियो।

सम्बन्धित समाचार : मलाई केही भन्नु छ… ‘जे नहुनु थियो त्यही भयो’

रथयात्रालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जेठ ५ गतेसम्म रथ रहने क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।

रातो मछिन्द्रनाथको रथ रहने मदन स्मारक स्कूल, वारुण यन्त्र रहेको स्थान, सेन्ट जेभियर्स स्कुल र लबिम मलको पश्चिमपट्टीको सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। यस्तै, मीननाथको रथ रहने गणेस्थान मन्दिर, त: बहा: चोक, ईति चोक, टंगल र चक्रबहिली गल्लीसम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell