PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)



पहिलोपोस्ट

सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट भाषण पाठ गरिरहेका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपतिबाट जारी भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक गर्दैछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्ने मिति संविधानमै उल्लेख भएकाले राजनीतिक अन्योलताका बिच आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भइरहेको हो।

खोपका लागि पौने २७ अर्ब

सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणविरुद्धको खोपका लागि पौने २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी गराए। साथै उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको भत्तालाई निरन्तरता दिइएको पनि जानकारी दिए।

थप पढ्नुस् : कोभिड १९ विरुद्धको खोपका लागि पौने २७ अर्ब, सरुवा रोग अस्पताल स्थापना गर्द १ अर्ब ३० करोड

निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार लिमिटेडबाट बिक्री हुने सामाग्रीमा २० प्रतिशत छुट हुने भएको छ।

थप पढ्नुस् : निषेधाज्ञामा सरकारले तोकेको ठाउँबाट किन्दा खाद्यान्नमा २० प्रतिशत छुट

सरकारले स्वास्थ्य स्वयं सेविकालाई प्रदान गर्दै आएको यातायात खर्चमा शत् प्रतिशत् वृद्धि भएको छ। देशभरका ५२ हजार स्वास्थ्य स्वयं सेविका छन्।

सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ। लकडाउन र निषेधाज्ञाका कारण अनलाइन पढाइ बढेसँगै ल्यापटपको आवश्यकता बढेको अवस्थामा यस्तो सुविधा सरकारले अघि सारेको हो।

बढ्यो वृद्धभत्ता

चुनावी प्रतिवद्धतालाई कायम राख्दै ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार रुपैयाँ बृद्धि भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बुद्ध भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए। सामाजिक सुरक्षाको लागि १ खर्ब बिनियोजन भएको छ। सबै प्रकारका सामाजिक भत्तामा ३३ प्रतिशत बृद्धि भएको छ।

सरकारले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा शहुलियत पूर्ण ऋण दिइने छ। जसमा व्यक्तिले २५ लाख सम्म ऋण पाउने छन्।

हेर्नुस् बजेटको लाइभ  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell